शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

चोलेन्द्रका सबै अधिकार खोस्ने सरकारको तयारी, सरकारी निवासबाट पनि हटाइने

चोलेन्द्रका सबै अधिकार खोस्ने सरकारको तयारी, सरकारी निवासबाट पनि हटाइने

साझा पोष्ट
सोमबार, असोज ३ २०७९
  • images
    चोलेन्द्रका सबै अधिकार खोस्ने सरकारको तयारी, सरकारी निवासबाट पनि हटाइने
    images
    काठमाडौं। सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका सबै अधिकार खोस्ने तयारी गरेको छ । जबराको सुरक्षाका लागि प्रदान गरिएका सबै सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको छ भने सरकारी निवासबाट पनि हटाइने भएको छ । निलम्बनकै अवस्थामा सर्वोच्च अदालत फर्कन खोजेपछि सरकार जबराविरुद्ध कडा रुपमा प्रस्तुत हुन लागेको हो । सरकारले निलम्बित प्रधान न्यायाधीश जबराको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई हिजो नै फिर्ता बोलाइएको छ । प्रहरी प्रधान कार्यालयले अगुवा गाडीसहितका सुरक्षाकर्मीहरुलाई फिर्ता गर्ने निर्णय गरेको हो । प्रधानन्यायाधीशको सुरक्षामा प्रहरी नायव निरीक्षक सईको कमाण्डमा ९ जना सुरक्षाकर्मी खटिएका थिए । जबराको सुरक्षामा अगुवा गाडी पनि दिइएको थियो । गाडी सहितका सुरक्षा अधिकारीलाई फिर्ता बोलाइएको हो । गृह मन्त्रालयका अधिकारीहरुका अनुसार उनलाई बालुवाटारस्थित सरकारी निवासबाट हटाउने तयारी भइरहेको छ । उनले प्रयोग गर्ने गाडी पनि खोसिएको छ। गत फागुन १ मा महाभियोग दर्ता भएदेखि जबरा निलम्बनमा छन्। तर, उनले सरकारी सेवा–सुविधा भने प्रयोग गरिरहेका छन्। सरकारी निवासमा नजरबन्द जस्तो अवस्थामा रहेका उनको निवास बाहिर प्रहरीले आज पनि निगरानी जारी राखेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार