बिहीबार , चैत १५ गते २०८०
Logo
बिहीबार , चैत १५ गते २०८०

प्रमुख दलहरुले समानुपातिक तर्फको बन्दसूचि आयोगमा बुझाउँदै, असोज १६ गतेसम्म सच्याउन मिल्ने

प्रमुख दलहरुले समानुपातिक तर्फको बन्दसूचि आयोगमा बुझाउँदै, असोज १६ गतेसम्म सच्याउन मिल्ने

साझा पोष्ट
सोमबार, असोज ३ २०७९
  • images
    प्रमुख दलहरुले समानुपातिक तर्फको बन्दसूचि आयोगमा बुझाउँदै, असोज १६ गतेसम्म सच्याउन मिल्ने
    images
    काठमाडौं । दलहरूले ४ मंसिरका लागि तय भएको प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूची आज बुझाउने भएका छन् । निर्वाचन आयोगले आइतबार र सोमबार बन्दसूची बुझाउने कार्यतालिका बनाए पनि पहिलो दिन साना चार दलले मात्रै बन्दसूची बुझाएका छन् । सूची १६ असोजसम्म सच्याउन मिल्ने भएकाले बुझाइएको नाम नै अन्तिम भने हुनेछैन । आयोगका अनुसार प्रतिनिधिसभाको समानुपातिकका लागि ७६ दलको ६८ वटा निवेदन परेका छन् । निवेदन दिएका सबै दलले बन्दसूची बुझाएमा समानुपातिकका उम्मेदवार मात्रै करिब २० हजार हुने आयोगको अनुमान छ । मिश्रित निर्वाचन प्रणालीअनुसार प्रदेश र प्रतिनिधिसभामा ४० प्रतिशत सदस्य समानुपातिक प्रणालीमार्फत आउँछन् । यसअनुसार प्रतिनिधिसभामा एक सय १० र प्रदेश सभामा दुई सय २० सांसद समानुपातिकबाट छानिन्छन् । हिजो नेपाल समावेशी पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, नेपाल खम्बुवान साझा पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टीले मात्रै बन्दसूची पेस गरेका थिए । समानुपातिकतर्फको बन्दसूचीमा दलहरूले कुल उम्मेदवारमध्ये खस–आर्य ३१.२५, आदिवासी जनजाति २८.७५, मधेसी १५.३५, दलित १३.८५, थारू ६.६५ र मुस्लिम ४.४५ समावेश गर्नुपर्नेछ । प्रत्येक समावेशी समूहबाट कम्तीमा ५० प्रतिशत महिलाको नाम समावेश गर्नुपर्ने हुन्छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, राप्रपा लगायतका दलहरुले आज आयोग पुगेर बन्दसूची पेश गर्ने बताएका छन् । आकांक्षीहरु अत्यधिक भएपछि नेतृत्वलाई बन्दसूची तयार गर्न दलहरुलाई सकस भएको छ। नेकपा एमालेले समानुपातिकको सूचि तयार पारेको जनाएको छ । अन्य दल अझै पनि गृहकार्यमै छन् । नेपाली कांग्रेसले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची दिउँसो तीन बजे निर्वाचन आयोगमा बुझाउने भएको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले दिउँसो ३ बजेसम्म उम्मेदवारको बन्दसूची तयार पारेर निर्वाचन आयोगमा बुझाइने बताए । अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेसले समानुपातिक तर्फका उम्मेदवारको सूची बनाइरहेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार