शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

राष्ट्रिय जनमोर्चाले बुझायो ११० जना उम्मेदवारको बन्दसूचि

राष्ट्रिय जनमोर्चाले बुझायो ११० जना उम्मेदवारको बन्दसूचि

साझा पोष्ट
सोमबार, असोज ३ २०७९
  • images
    राष्ट्रिय जनमोर्चाले बुझायो ११० जना उम्मेदवारको बन्दसूचि
    images
    काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीले समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारहरूको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ । जनमोर्चाले निर्वाचन आयोगमा पुगेर उम्मेदवारहरूको बन्द सूची बुझाएको हो । जनमोर्चाले प्रतिनिधि सभामा ११० जना उम्मेदवारको नामावली आयोगमा पेश गरेको जनाएको छ । महासचिव हिमलाल पुरीका अनुसार प्रतिनिधि सभामा ११० जनाको नाम बुझाइएको छ । प्रतिनिधि सभातर्फ पहिलो नम्बरमा कार्यकारी अध्यक्ष रश्मिराज नेपालीको नाम राखिएको छ । जनमोर्चाले प्रदेश १ र मधेश प्रदेश सभामा भने उम्मेदवारको नामावली पेश गरेको छैन । त्यहाँ आफ्नो संगठन तुलनात्मक रुपमा कमजोर रहेकाले सूचि नबुझाइएको पुरीले बताए । बागमतीमा २६ जना, गण्डकी २४, लुम्बिनी ३५, कर्णाली १६ र सुदूरपश्चिम प्रदेशमा २१ जनाको नाम आयोगमा बुझाइएको पुरीले जानकारी दिए । निर्वाचन आयोगले आइतवार र सोमवार समानुपातिक तर्फको उम्मेदवारको नामावली बुझाउने समय तोकेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार