बिहीबार , चैत १५ गते २०८०
Logo
बिहीबार , चैत १५ गते २०८०

एकीकृत समाजवादीले समानुपातिकको बन्द सूचि बुझायो

एकीकृत समाजवादीले समानुपातिकको बन्द सूचि बुझायो

साझा पोष्ट
सोमबार, असोज ३ २०७९
  • images
    एकीकृत समाजवादीले समानुपातिकको बन्द सूचि बुझायो
    images
    काठमाडौं ।नेकपा एकीकृत समाजवादी पार्टीले समानुपातिक तर्फको उम्मेदवार बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरको नेतृत्वमा उम्मेदवारको बन्दसूची कान्तिपथ पुगेर आयोग कार्यालयमा पेस गरेको हो। बन्दसूचीको पहिलो नम्बरमा उपमहासचिव गंगालाल तुलाधरको नाम छ । समाजवादीले सम्पूर्ण क्लस्टर मिलाएर बन्द सूची आयोगमा बुझाउन लागेको हो । आयोग परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै तुलाधरले पार्टीले समानुपातिकमा १५ सिट ल्याउने दाबी गरे । उनले संघतर्फ ११० र प्रदेशतर्फ १२० सिटका लागि उम्मेदवारको बन्द सूची बुझाएको बताए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार