शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

नेपाललाई हराउँदै बंगलादेश बन्यो च्याम्पियन, भारतपछि नेपालका लागि बंगलादेश बाधक

नेपाललाई हराउँदै बंगलादेश बन्यो च्याम्पियन, भारतपछि नेपालका लागि बंगलादेश बाधक

साझा पोष्ट
सोमबार, असोज ३ २०७९
  • images
    नेपाललाई हराउँदै बंगलादेश बन्यो च्याम्पियन, भारतपछि नेपालका लागि बंगलादेश बाधक
    images
    काठमाडौं । नेपाललाई ३-१ ले स्तब्ध पार्दै बंगलादेशले साफ महिला फूटबलको जितेको छ।  दशरथ रंगशालामा भएको रोमाञ्जक खेल जितेर बंगलादेश नयाँ च्याम्पियन भएको छ । बंगलादेशका लागि कृष्णरानी सरकारले दुई गोल गरिन्।   यस्तै साम सुन्नहारले एक गोल गरिन ।

    बंगलादेशले साफ वुमेन्स च्याम्पियनसिप जितेको यो पहिलो पल्ट हो । नेपाल भने पाँचौं पल्ट फाइनलमा पराजित भयो । महिला फुटबलमा नेपाल दशरथ रंगशालामा पराजित भएको यो पहिलो पल्ट हो । पहिलो हाफमै २ गोल खाएर पछि परेको नेपालले दोश्रो हाफमा एक फर्काउंदै एक गोल खायो ।


    images
    images

    नेपालका लागि अनिता बस्नेतले ७०औं मिनेटमा एक गोल फर्काइन् । नेपालले दोस्रो हाफमा बंगलादेशमाथि चर्को दबाब सिर्जना गरे पनि ती निर्णायक भएनन् ।

    बंगलादेशले नेपाललाई हराएको यो पहिलो पल्ट हो । यसअघि दुई टिमबीच भएका  आठ खेलमा नेपाल अपराजित  थियो । तर पूरा प्रतियोगितामा अपराजित बंगलादेशले एक गोल मात्र खायो र आफूलाई 'वास्तविक विजेता' सावित गर्दै उपाधी   जित्यो

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार