शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

काठमाडौंको गोठाटारमा गोली चल्यो, एक जना घाइते

काठमाडौंको गोठाटारमा गोली चल्यो, एक जना घाइते

साझा पोष्ट
सोमबार, असोज ३ २०७९
  • images
    काठमाडौंको गोठाटारमा गोली चल्यो, एक जना घाइते
    images
    काठमाडौं ।काठमाडौंको गोठाटारस्थित जम्बु डाँडामा गोली चल्दा एक जना घाइते भएका छन् । घाइते हुनेमा सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहम्मद दर्जी छ्न । तीन गोली लागेका उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ । रातो टिर्सट र जिन्स लगाएका र मोटरसाइकलमा आएका व्यक्तिले आफूलाई गोली हानेर भागेको घाइते मोहम्मदले बताएका छन् । काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । गोली चल्नुको कारण खुलिसकेको छैन ।केही स्थानीयहरूले  तीन राउन्ड गोली चलेको दाबी गरेका छन् । अपराधी खोज्न नाकाहरूमा कडाई गरिएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार