बिहीबार , चैत १५ गते २०८०
Logo
बिहीबार , चैत १५ गते २०८०

बंगलादेशसित हारेपछि कुमार थापाले प्रशिक्षक पद त्यागे

बंगलादेशसित हारेपछि कुमार थापाले प्रशिक्षक पद त्यागे

साझा पोष्ट
सोमबार, असोज ३ २०७९
  • images
    बंगलादेशसित हारेपछि कुमार थापाले प्रशिक्षक पद त्यागे
    images
    काठमाडौं ।नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षक कुमार थापाले राजीनामा दिएका छन्। साफ महिला फूटबलको फाइनलमा बंगलादेशसंग हारेपछि थापाले पद त्यागेको घोषणा गरेका हुन । दशरथ  रंगशालामा बंगलादेश र नेपालबीचको खेल सकिएपछि पत्रकार सम्मेलन गर्दै थापाले टिम छाडेको घोषणा गरे । पाँचौपटक फाइनलमा पुगेको टिम बंगलादेशसँग ३–१ ले पराजीत भएसँगै उनले टिम छाड्दै भने, ‘जीत दिलाउन सकिन त्यसमा दुःखी छु। आजैको दिनदेखि यो टिम छोड्छु । ’  उपाधि जिताउन नसकेकोमा उनले माफी मागेका छ्न । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपाललाई ३–१ ले पराजित गर्दै बगंलादेशले उपाधि उचालेको हो। दोस्रो पटक साफको फाइनल पुगेको बगंलादेशले उपाधि जित्यो । यसअघिका चार संस्करण उपाधि नजिक पुगेर भारतसँग पराजित हुँदै  उपविजेतामा सिमित नेपाली टोली यो पटक पनि अर्को टिमसंग हार्यो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार