बुधबार, वैशाख १२ गते २०८१
Logo
बुधबार, वैशाख १२ गते २०८१

संघमा ४८ र प्रदेशमा २ सय ३८ दलले बुझाए समानुपातिक उम्मेदवारको बन्दसूचि

संघमा ४८ र प्रदेशमा २ सय ३८ दलले बुझाए समानुपातिक उम्मेदवारको बन्दसूचि

साझा पोष्ट
सोमबार, असोज ३ २०७९
  • images
    संघमा ४८ र प्रदेशमा २ सय ३८ दलले बुझाए समानुपातिक उम्मेदवारको बन्दसूचि
    images
    काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ४८ राजनीतिक दलले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् । आयोगले दलहरूलाई आइतबार र सोमबार बन्दसूची पेस गर्न समय दिएको थियो ।आइतबार चार दलले बन्दसूची पेस गरेकामा बाँकी ४४ दलले सोमबार बन्दसूची बुझाएका हुन् । निर्वाचन आयोगले बन्दसूचीको अद्यावधिक गर्ने काम भइरहेको जनाएको छ । प्रतिनिधि सभा र प्रदेश सभाका लागि ७६ दल दर्ता भएका छन् । समानुपातिकतर्फको निर्वाचमा भाग लिनका लागि ६८ दलले दलले निवेदन दिएका थिए। ती दलहरुमध्येबाट ४८ वटा दलले आयोगमा पुगेर बन्दसूची पेस गरेका आयोगले जनाएको छ । ४८ वटा दलबाट आएका नामबाट ११० जना उम्मेदवारहरु समानुपातिक सांसद बन्नेछन्। त्यस्तै, प्रदेशसभातर्फ २ सय ३८ दलले बन्दसूची पेस गरेका छन्। सात वटा प्रदेशबाट २ सय ३८ दलले समानुपातिकर्फतको बन्दसूची पेश गरेका हुन् । प्रदेश १ र मधेश प्रदेशमा ३६ वटा दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका छन्। प्रदेश १ बाट ५५ वटा दलले समानुपातिकर्फतको निर्वाचनमा भाग लिनका लागि निवेदन दिएका थिए। मधेशमा ५५ दलले समानुपातिकर्फत निर्वाचनमा भाग लिने भन्दै आयोगमा निवेदन दिएका थिए। प्रदेश १ मा बन्दसूची बुझाएका ३६ दलबाट ३७ जना र मधेश प्रदेशमा ३६ दलबाट ४३ जना समानुपातिक सांसद बन्नेछन्। बागमती प्रदेशमा ४० वटा दलले समानुपातिकर्फतको बन्दसूची बुझाएका छन्। बन्दसूची बुझाएका ४० दलबाट मधेश प्रदेशमा ४४ जना समानुपातिक सांसद बन्नेछन्। गण्डकी प्रदेशमा ३१ वटा दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका छन्। बन्दसूची बुझाएका ३१ मध्येबाट गण्डकीमा २४ जना समानुपातिक सांसद बन्नेछन्। लुम्बिनी प्रदेशमा ३२ वटा दलले समानुपातिकतर्फको बन्दसूची बुझाएकामा ३२ दलबाट ३५ जना समानुपातिक उम्मेदवार छानिनेछन्। त्यस्तै, कर्णाली प्रदेशबाट २८ वटा दलले समानुपातिकतर्फको बन्दसूची बुझाएकामा १६ जना समाुनपातिक सांसद बन्नेछन्। सुदूरपश्चिम प्रदेशबाट ३४ वटा दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका छन्। ३४ दलबाट २१ जना समानुपातिक सांसद बन्नेछन्। आयोगले आजदेखि बन्दसूचीको छानबिन प्रक्रिया सुरु गर्ने जनाएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार