शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

चोलेन्द्रशमशेरको पक्षमा प्रदर्शन हुने सूचना पाएपछि सर्वोच्चमा कडाई (तस्बिरसहित)

चोलेन्द्रशमशेरको पक्षमा प्रदर्शन हुने सूचना पाएपछि सर्वोच्चमा कडाई (तस्बिरसहित)

साझा पोष्ट
मंगलबार, असोज ४ २०७९
  • images
    चोलेन्द्रशमशेरको पक्षमा प्रदर्शन हुने सूचना पाएपछि सर्वोच्चमा कडाई (तस्बिरसहित)
    images
    काठमाण्डौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्षमा प्रदर्शन हुने सूचनाको आधारमा सर्वोच्च अदालतमा सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । वीर गोर्खाली अभियान, नेकपा एमाले निकट अनेरास्ववियु र १०० ग्रुपमा आबद्ध युवाहरूले प्रदर्शन गर्ने सूचना पाएपछि प्रहरी परिचालन गरिएको हो । गतवर्ष जबराविरुद्ध नेपाल बारले गरेको प्रदर्शनको विरोधमा १०० ग्रुपले हस्तक्षेप अभियाननै चलाएको थियो । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले जबरामाथि महाभियोग लगाउन ९ आधार र २ सुझावसहितको प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएसँगै जिबराले सर्वोच्च अदालत गएर कार्यभार सम्हाल्ने भन्दै सूचना पठाएपछि उनीमाथि पनि सरकारले कडा नजर राखेको थियो । सरकारले सुरक्षाकर्मी परिचालन गरेर बालुवाटारस्थित निवासबाट बाहिर निस्किन समेत दिएको थिएन । सर्वोच्चका न्यायाधीश, नेपाल बार र सर्वोच्च अदालत बार एसोसिएसनले जबराको निलम्बित अवस्थामा नै न्यायालयको नेतृत्व सम्हाल्ने भनेको लाजमर्दो कुरा हुने भन्दै कानुनी राज्यमा यस्तो हुन नहुने भनेर विरोध गरिरहेका छन् । सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बालुवाटारस्थित सरकारी निवास परिसरबाट सुरक्षाकर्मी हटाएको छ। आइतबार सर्वोच्च अदालत फर्कने तयारी गरेका राणालाई प्रहरीले निवास बाहिर निस्कन रोकेको थियो। बालुवाटारस्थित निवासमा आउजाउ गर्नेको प्रहरीले रेकर्ड राख्दै चेकजाँच गरेको थियो। राणाले आफूलाई सरकारले नै निवास बाहिर जान नदिएको बताएका थिए।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार