बिहीबार , चैत १५ गते २०८०
Logo
बिहीबार , चैत १५ गते २०८०

नागरिकता विधेयक प्रमाणीकरण गर्ने समय आज सकिँदै, के गर्लिन् राष्ट्रपति ?

नागरिकता विधेयक प्रमाणीकरण गर्ने समय आज सकिँदै, के गर्लिन् राष्ट्रपति ?

साझा पोष्ट
मंगलबार, असोज ४ २०७९
  • images
    नागरिकता विधेयक प्रमाणीकरण गर्ने समय आज सकिँदै,  के गर्लिन् राष्ट्रपति ?
    images
    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्ने समयसीमा आज सकिँदैछ । विधेयक राष्ट्रपति भण्डारीकहाँ पुगेको आज १५ दिन भएको छ। संविधानअनुसार राष्ट्रपतिले आजसम्ममा नागरिकता विधेयक प्रमाणीकरण गरिसक्नु पर्छ । सभामुख अग्निप्रसाद सापकोटाले गत भदौ २० गते नागरिकता विधेयक प्रमाणीकरणका लागि दोस्रो पटक राष्ट्रपति कार्यालय पठाएका थिए। यसरी एउटै विधेयक दोस्रो पटक प्रमाणीकरणका लागि पुगेपछि राष्ट्रपतिले अनिवार्य प्रमाणीकरण गर्नुपर्ने व्यवस्था संविधानको धारा ११३ को उपधारा ४ मा उल्लेख छ। तर राष्ट्रपति भने विधेयक प्रमाणिकरण गर्ने पक्षमा नदेखिएको बुझिएको छ । राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तो विधेयक प्रस्तुत रूपमा वा संशोधनसहित पारित गरी पुनः पेश गरेमा त्यसरी पेश भएको पन्ध्र दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्ने व्यवस्था संविधानले गरेको छ। राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक गत साउन २९ गते सन्देशसहित फिर्ता गरिदिएकी थिइन्। राष्ट्रिय सभाले पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाए पनि विधेयक कुनै परिवर्तन भएन।राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता गरे पनि प्रतिनिधि सभा र राष्ट्रिय सभाले विधेयकमा कुनै परिवर्तन नगरी पुनः प्रमाणिकरणका लागि शीतल निवास पठाइएको थियो ।  

    प्रतिक्रिया हरु
    थप समाचार