बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

डा.केसीलाई सेनाको स्काई ट्रकमार्फत काठमाडौं ल्याउने तयारी

डा.केसीलाई सेनाको स्काई ट्रकमार्फत काठमाडौं ल्याउने तयारी

साझा पोष्ट
मंगलबार, असोज ४ २०७९
  • images
    डा.केसीलाई सेनाको स्काई ट्रकमार्फत काठमाडौं ल्याउने तयारी
    images
    धनगढी । स्वास्थ्य सेवा सुधारका माग राखेर ९ दिनदेखि अनशनमा बसिरहेका डा. गोविन्द केसीलाई नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाउने तयारी भएको छ । उनी उपचाररत सेती प्रादेशिक अस्पतालका चिकित्सकले डा.केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको बताएपछि काठमाडौंमा ल्याउन लागीएको हो । सेनाको स्काईट्रक मार्फत काठमाडौं पठाउने तयारी गरेको जिल्ला प्रशासनले कार्यालय कैलालीले जनाएको छ । स्वास्थ्यमा जटिलता देखिएपछि डा. केसीलाई सेती अञ्चल अस्पतालले सुविधासम्पन्न अस्पतालमा लैजान सल्लाह दिएको थियो । अस्पतालले डा. केसी शरीरमा पोषणतत्व र पानीको असन्तुलनले बेहोस हुन सक्ने बताएको छ । स्वास्थ्यामा जटिलता देखिएको र धनगढीमा उपचार हुन नसक्ने भएपछि काठमाडौं लैजान हेलिकप्टर मगाइएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रवक्ता यज्ञराज जोशीले जानकारी दिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार