डा.गोविन्दद्वारा केसी काठमाडौं आउन अस्वीकार, सेनाको स्काई ट्रक फर्कियो

धनगढी । धनगढीमा विगत ९ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई उपचारका लागि काठमाडौं लैजान आएको नेपाली सेनाको स्काई ट्रक त्यत्तिकै फर्किएको छ । उनलाई लिन गएको नेपाली सेनाको स्काई ट्रक उनले काठमाडौं नजाने अडान लिएपछि धनगढीबाट फर्केको छ ।केसीले उपचारका लागि काठमाडौं जान अस्वीकार गरेपछि गृह मन्त्रालयले पठाएको स्काई ट्रक फर्किएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।
उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि सेती प्रादेशिक अस्पताल धनगढीले सोमबारदेखि नै विशेष सूचना जारी गर्दै थप उपचारको लागि उनलाई बहुसुविधायुक्त अस्पतालमा स्थानान्तरण गर्नुपर्ने सुझाव दिएको थियो । तर माग सम्बोधन नभएसम्म आफू कतै नजाने उनको अडान छ । प्रजिअ थापाका अनुसार सरकारी वार्ता टोली र केसीकाे वार्ता टोलीबीच काठमाडौंमा वार्ता जारी छ । केसी स्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै अनसनमा बसेका हुन् ।
प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९ १७:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय