मंगलबार, वैशाख ११ गते २०८१
Logo
मंगलबार, वैशाख ११ गते २०८१

‘राष्ट्रपतिको काम असंवैधानिक, संविधान असफल बनाउने षडयन्त्र ’

‘राष्ट्रपतिको काम असंवैधानिक, संविधान असफल बनाउने षडयन्त्र ’

साझा पोष्ट
मंगलबार, असोज ४ २०७९
  • images
    ‘राष्ट्रपतिको काम असंवैधानिक, संविधान असफल बनाउने षडयन्त्र ’
    images
    काठमाडौं । राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान असफल बनाउन खोजेको टिप्पणी गरेका छन । राष्ट्रपति भण्डारीले संविधान अनुसार विधेयक प्रमाणीकरण नगरेपछि वाग्लेले यस्तो टिप्पणी गरेका हुन । ट्वीट गर्दै वाग्लेले नागरिकता विधेयक दोस्रो पटक पनि प्रमाणीकरण नगरेर राष्ट्रपतिले असंवैधानिक काम गरेको टिप्पणी गरेका छन् ।‘सार्वभौम संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) ले पारित गरेको नागरिकता विधेयक दोस्रोपटक पनि प्रमाणीकरण नगरेर संविधानको संरक्षक र पालक राष्ट्रपतिबाटै असंवैधानिक काम गरिएको छ । ’ वाग्लेले ट्वीट गरेका छन - ’ यो विधेयक प्रमाणीकरण नगरिएको मात्रै होइन, संविधानसभाद्वारा बनेको संविधान नै असफल बनाउने संगीन षड्यन्त्र हो ।’ संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक संविधान अनुसार १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीले नगरेपछि उनको कदमको आलोचना भइरहेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार