शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

राष्ट्रपतिको कदम निर्वाचन बिथोल्ने षडयन्त्रको अंग : वर्षमान पुन

राष्ट्रपतिको कदम निर्वाचन बिथोल्ने षडयन्त्रको अंग : वर्षमान पुन

साझा पोष्ट
बुधबार, असोज ५ २०७९
  • images
    राष्ट्रपतिको कदम निर्वाचन बिथोल्ने षडयन्त्रको अंग : वर्षमान पुन
    images
    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमलाई निर्वाचन बिथोल्ने षड्यन्त्र भनेका छन । नागरिकता विधेयक दोस्रो पटक पनि राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि बुधबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उपमहासचिव पुनले राष्ट्रपतिको पछिल्लो कदमलाई निर्वाचन विथोल्ने षडयन्त्र भनेका हुन । ‘सचेत रहौं र संयमित बनौं, निर्वाचन बिथोल्ने षड्यन्त्रको अंग पनि हो यो घटनाक्रम,’ पुनले भनेका छन्। राष्ट्रपतिको कदमलाई उनले आफ्ना नागरिकलाई राज्यविहीन बनाउने अमानवीय कार्य भन्दै आक्रोश व्यक्त गरेका छन ।‘सार्वभौम जनताको प्रतिनिधि संस्था संघीय संसदले नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी पास गरेको नागरिकता विधेयक प्रमाणित नगर्नु एकातिर संविधानको घोर उल्लङ्घन हो भने अर्कोतिर आफ्ना नागरिकलाई राज्यविहीन बनाउने अमानवीय कार्य हो,’ उनले लेखेका छन ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार