शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

रास्ट्रपतिको `काउण्टर´मा उपराष्ट्रपतिको `स्टेटमेण्ट´

रास्ट्रपतिको `काउण्टर´मा उपराष्ट्रपतिको `स्टेटमेण्ट´

साझा पोष्ट
बुधबार, असोज ५ २०७९
  • images
    रास्ट्रपतिको `काउण्टर´मा उपराष्ट्रपतिको `स्टेटमेण्ट´
    images
    काठमाडौं । एमालेबाट निर्वचित रास्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछी माओवादीबाट निर्वाचित उपराष्ट्रपति नन्दबहादुर पुन त्यसको प्रतिवादमा उत्रेका छ्न ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक अस्वीकृत गरेपछि उपराष्ट्रपति नन्दबहादुर पुनले विज्ञप्तिमार्फत असन्तुष्टि जनाएका छन्। उनले संविधानको दायराभन्दा बाहिर जाने छुट कसैलाई नभएको उल्लेख गरेका छन्। नागरिकता विधेयक प्रमाणीकरण नगरेर रास्ट्रपतिले संवैधानिक दायरा नाघेको उनको आशय छ ।


    images
    images

    उपराष्ट्रपति पुनले बुधबार विज्ञप्ति जारी गर्दै संविधानको पालना र संरक्षणको जिम्मेवारीमा रहेकालाई संविधानको दायराभन्दा बाहिर जाने छुट नभएको स्मरण गराएका हुन्। संविधानको प्रमुख पालक र संरक्षकबाट संविधानको पालन र संरक्षण हुन नसकेको भनी आवाज उठ्नु दुःखद भएको उनको भनाइ छ।

    ‘संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो। संविधानबमोजिम सबैबाट आ–आफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालना र संरक्षण हुनुपर्दछ’, उपराष्ट्रपतिको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाटै संविधानको पालना र संरक्षण हुन नसकेको भनी बृहत् जनआवाज उठिरहेका छन् । यो आवाज उठ्ने परिस्थिति सिर्जना हुनु दुःखद हो।’ उनले संविधानको पालना र संरक्षणका लागि सबै पक्षसँग आग्रह गरेका छन्। विधेयक प्रमाणीकरण नगरेर रास्ट्रपतिले संविधानको उल्लंघन गरेकि छन ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार