शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

रास्ट्रपतिको कदमले प्रतिगमनको खतरा: पूर्वराष्ट्रपति यादव

रास्ट्रपतिको कदमले प्रतिगमनको खतरा: पूर्वराष्ट्रपति यादव

साझा पोष्ट
बुधबार, असोज ५ २०७९
  • images
    रास्ट्रपतिको कदमले प्रतिगमनको खतरा: पूर्वराष्ट्रपति यादव
    images

    जनकपुरधाम । पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारीको कदम विरूद्ध खुलेरै मैदानमा उत्रिएका छ्न । यादवले रास्ट्रपतिको कदमका कारण देश फेरि प्रतिगमनतर्फ जान सक्ने बताएका छन् ।बुधबार जनकपुरधामस्थित सरस्वती माध्यमिक विद्यालयकोभवनको पुनर्निर्माणको भूमिपुजन गर्दै पूर्व राष्ट्रपति यादवले नेपालको लोकतन्त्रमा फेरि कालो बादल छाएको बताए ।


    images
    images

     प्रतिगमनको अवस्था आउन सक्ने भएकाले सचेत रहन जनतालाई यादवले आग्रह गरे ।‘दुई दुई पटक सदनबाट पास भएको नागरिकता विधेयकलाई राष्ट्रपति ज्युले प्रमाणीकरण गर्नुपर्थ्यो । राष्ट्रपति संस्थाको मर्यादा, गरिमा, कर्तव्य बुझेर काम गर्नुपर्ने थियो । तर आज उहाँले संविधानको उलंघनकै काम गर्नु भएको छ’, उनले भने ‘ यसले लोकतन्त्रमा कालो बादल छाएको छ ।’

    दुई दुई पटक संसद विघटन भएपछि अदालत, पाँच दलीय गठबन्धन, नागरिकसमाज, मिडिया र हरेक नेपालीको प्रयासले संविधान ट्रयाकमा आएको उनको भनाइ छ । तर, एक पटक फेरि संविधानको उलंघन भएकाले सबै नेपाली सजग रहन आग्रह गरे । अहिले रास्ट्रपतिको विरोध गर्ने यादवले आफू रास्ट्रपति हुँदा तत्कालीन प्रचण्ड सरकारले सेनापति हटाउंदा त्यसलाई रोकेका थिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार