शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

`बृहत् नागरिक आन्दोलन´ले माग्यो रास्ट्रपतिको राजीनामा

`बृहत् नागरिक आन्दोलन´ले माग्यो रास्ट्रपतिको राजीनामा

साझा पोष्ट
बुधबार, असोज ५ २०७९
  • images
    `बृहत् नागरिक आन्दोलन´ले माग्यो रास्ट्रपतिको राजीनामा
    images
    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेकोमा ‘बृहत् नागरिक आन्दोलन’ले पनि विरोध गरेको छ । उसले रास्ट्रपतिको राजीनामा मागेको छ ।संसदका दुवै सदनले दोस्रोपटक पारित गरेर पठाएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक १५ दिनभित्र अनिवार्य प्रमाणित गर्नुपर्नेमा त्यसो नगरी राष्ट्रपतिले संसदीय सर्वाेच्चता र संविधानको ठाडो उल्लंघन गरेको  ‘बृहत् नागरिक आन्दोलन’को ठहर छ।

    ‘नागरिकको मतबाट निर्वाचित सार्वभौम संसदले पारित गरेर पठाएको विधेयक प्रमाणित नगर्न संसदीय सर्वोच्चता र संविधानको ठाडो उल्लंघन हो’, उसले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संविधानको संरक्षकबाट नै संविधान उल्लंघन गर्ने कार्यको बृहत् नागरिक आन्दोलन विरोध गर्दछ।’


    images
    images

    राष्ट्रपतिको कदमले लोकतान्त्रिक गणतन्त्रमै खतरा उत्पन्न भएको उल्लेख गर्दै  नागरिक आन्दोलनले राष्ट्रपति भण्डारीको राजीनामा मागेको छ।

    ‘संविधान उल्लंघन गर्दै बलमिच्याइँ गर्न खोज्ने राष्ट्र प्रमुखले पदको गरिमा मात्र कायम राख्न नसकेको होइन, लोकतान्त्रिक गणतन्त्रमाथि नै जोखिम उत्पन्न गरेको छ’,  बृहत् नागरिक आन्दोलनले भनेको छ, ‘त्यसैले व्यवस्था थप जोखिमपूर्ण बन्न नदिन तथा संविधानको सर्वाेच्चता कायम राख्न राष्ट्रपति विद्यादेवी भण्डारीले पदबाट राजीनामा दिनुपर्ने बृहत् नागरिक आन्दोलनको ठहर छ। अन्यथा उनलाई पदमुक्त गर्न उनको यो असंवैधानिक कदम महाभियोग लगाउनसमेत पर्याप्त छ।’

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार