शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

समानुपातिकतर्फ मतदान गर्न पाउने अस्थायी मतदाताको नाम संकलन आजदेखि

समानुपातिकतर्फ मतदान गर्न पाउने अस्थायी मतदाताको नाम संकलन आजदेखि

साझा पोष्ट
बुधबार, असोज ५ २०७९
  • images
    समानुपातिकतर्फ मतदान गर्न पाउने अस्थायी मतदाताको नाम संकलन आजदेखि
    images
    काठमाडौं । आफ्नो मतदाता नामावली रहेको पालिकामा पुग्न नपाउने सरकारी कर्मचारी, सुरक्षाकर्मी र जेलमा रहेका कैदीबन्दीले आफू रहेकै ठाउँबाट समानुपातिकतर्फ मतदान गर्न पाउने भएका छन्। चुनावका बेला घर जान नपाउने पत्रकारलाई पनि यो अधिकार दिइनपर्ने माग भएता पनि निर्वाचन आयोगले यसलाई सुनुवाई गरेन।
    निर्वाचन आयोगका अनुसार सरकारी कर्मचारी, व्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा कैदी निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी, सरकारबाट स्वीकृत लिई सञ्चालन भएको वृद्धाश्रममा बसेका व्यक्तिहरुले आफू बसेकै ठाउँबाट अस्थायी मतदाताका रुपमा समानुपातिकतर्फ मतदान गर्न पाउनेछन्। तर, पत्रकारले भने अस्थायी मतदाताको अधिकार पाउने छैनन्।
    अस्थायी मतदाताले समानुपातिकतर्फ मात्रै मतदान गर्न पाउनेछन्। प्रत्यक्षतर्फ उनीहरुले मतदान गर्न पाउँदैनन्। आयोगले आजबाट कार्यस्थलबाटै समानुपातिकतर्फ मतदान गर्न पाउने प्रयोजनका लागि अस्थायी मतदाता नामावली संकलन गर्ने भएको छ। आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले समानुपातिक निर्वाचन प्रणाली अनुसार हुने निर्वाचनको लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली संकलन तथा अद्यावधिक गर्न लागेको हो।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार