शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमालेमा प्रवेश

पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमालेमा प्रवेश

साझा पोष्ट
बिहीबार , असोज ६ २०७९
  • images
    पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमालेमा प्रवेश
    images
    काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले खनाललाई पार्टी प्रवेश गराएका हुन्। उनले आफू एमालेमा प्रवेश गर्न पाउँदा हर्षविभोर भएको बताए। ‘आम नेपालीको अपेक्षा, देश विदेशको आस्थाको केन्द्र, समृद्ध नेपाल सुखी नेपालीको नारा अघि बढाउने प्रणेताको हातबाट नेकपा एमालेको जस्तो गरिमामय पार्टीको सदस्यता लिन पाउँदा खुसीले हर्षविभोर छु,’ खनालले पार्टी प्रवेश गर्दै भने । उनले अध्यक्ष ओलीको शीतल छहारी पाउने आशा आफूले लिएको पनि बताए। खनाल नेपाल प्रहरी प्रमुख प्रमुख हुँदा पूर्वमन्त्रीसमेत रहेका सांसद सुरेन्द्र यादवको राजनीतिक ‘अपहरण’मा संलग्न भएको आरोप लागेको थियो। खनालसँगै राष्ट्रिय पुनर्जागरण पार्टीका महासचिव रविकिरण खनाल, विवेकशील साझा पार्टीका संस्थापक अब्दुस मिया, जसपाका नेता होरिलाल चौधरीलगायत एमालेमा प्रवेश गरेका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार