मंगलबार, वैशाख ११ गते २०८१
Logo
मंगलबार, वैशाख ११ गते २०८१

स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका अब्दुस मियाँ एमालेमा

स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका अब्दुस मियाँ एमालेमा

साझा पोष्ट
बिहीबार , असोज ६ २०७९
  • images
    स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका अब्दुस मियाँ एमालेमा
    images
    काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका अब्दुस मियाँ नेकपा एमाले प्रवेश गरेका छन् । बिहीबार एमाले कार्यालय, च्यासलमा पूर्व प्रहरी महानिरीक्षक सर्वोन्द्र खनालसँगै मियाँ पनि एमाले प्रवेश गरेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले मियालाई पार्टी प्रवेश गराए । मियाँले यसअघि विवेकशील साझा पार्टी परित्याग गरी काठमाडौं क्षेत्र नम्बर ६ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए । तर उनी एकाएक एमाले प्रवेश गरेका छन । ३० वर्षीय मियाँ रवीन्द्र मिश्र नेतृत्वको तत्कालीन साझा पार्टीबाट राजनीति सुरु गरेका थिए । युथ इनिसिएटिभको अध्यक्ष त्याग्दै साझा पार्टीमा लागेका उनी केही समय विवेकशील साझा पार्टीको युवा भातृ संगठनको अध्यक्ष पनि भएका थिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार