Sajha Post
बंगलादेशसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोलीको घोषणा
football
nepatop
काठमाडौं । बंगलादेशसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईँले बिहीबार एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा २३ सदस्यीय टोली घोषणा गरेका हुन् । रितिक खड्का र आशिष चौधरी पहिलो पटक राष्ट्रिय टिममा परेका छन् ।टिममा यसअघिका प्रशिक्षम मोहमद अल्मुताइरीसँगको विवादका कारण निकालिएका १० जना खेलाडीले पुनरागमन गरेका छन् । बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट हुमागाईले अन्तिम टोली घोषणा गरेका हुन् ।सुनिल बल चोटका कारण र नवयुग श्रेष्ठमा केहि कमीकमजोरी रहेको कारण टोलीमा नपरेको प्रशिक्षक हुमागाईले बताए ।नेपालले असोज ११ गते बंगलादेशसँग दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल खेल्दैछ । नेपाली टिम गोलकिपर: किरण चेम्जोङ्ग, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की डिफेण्डर: रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल, रेजिन धिमाल मिडफिल्डर: सुरजज्यु ठकुरी,एरिक विष्ट,सुदीप गुरुङ, तेज तामाङ, सेसेहनङ आङदम्बे, विशाल राई, सुजल श्रेष्ठ, फरवार्ड: विमल घर्ती मगर, मनिष डाँगी, अन्जन विष्ट, रितिक खड्का,  र आशिष चौधरी  
प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update