मंगलबार, वैशाख ११ गते २०८१
Logo
मंगलबार, वैशाख ११ गते २०८१

वीर अस्पताल अगाडि बनाइएका अनधिकृत संरचनामा महानगरको डोजर

वीर अस्पताल अगाडि बनाइएका अनधिकृत संरचनामा महानगरको डोजर

साझा पोष्ट
बिहीबार , असोज ६ २०७९
  • images
    वीर अस्पताल अगाडि बनाइएका अनधिकृत संरचनामा महानगरको डोजर
    images
    काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडि बनेका अवैध संरचना भत्काएको छ। अस्पताल अगाडि अनधिकृत रुपमा निर्माण गरिएका टहरामा बिहीबार महानगरले डोजर चलाएको हो । नगर प्रहरी, स्थानीय जनप्रतिनिधि र कर्मचारीसहितको टोलीले अस्पताल अगाडि बनाइएका संरचना हटाइरहेको छ । महानगरपालिकाले अवैधानिक रुपमा ती संरचना निर्माण गरिएको भन्दै हटाएको हो । अनधिकृत संरचना भत्काउनुअघि महानगरले एकपटक सूचना दिने गरेको छ । अनधिकृत संरचनाको पहिचान महानगरमा आउने सूचना, जनप्रतिनिधिबाट प्राप्त जानकारी, नगर प्रहरीको सूचना, आउने उजुरीहरूको आधारमा गर्ने गरिएको छ । ती संरचनाको वस्तुस्थिति बुझ्न र त्यसलाई भेरिफाई गरेपछि नगर प्रहरीले माइकिङ गर्ने गरेको छ । माइकिङ गरेको भोलिपल्टदेखि जुनसुकै समयमा ती संरचना महानगरले भत्काउँदै आएको छ । डोजरले टहरा भत्काउन थालेपछि कतिपय औषधि पसलका सञ्चालकले हतार हतार सामान उठाएको देखिन्थ्यो।   [caption id="attachment_331419" align="alignnone" width="900"] ?????????????????????????????????????????????????????????[/caption]

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार