शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

रुकुमपूर्वको भूमेमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु, १३ जना घाइते

रुकुमपूर्वको भूमेमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु, १३ जना घाइते

साझा पोष्ट
बिहीबार , असोज ६ २०७९
  • images
    रुकुमपूर्वको भूमेमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु, १३ जना घाइते
    images

    काठमाडौं । रुकुमपूर्वको भूमे गाउँपालिका–३ क्याङ्सी बगरमा भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। काठमाडौंबाट रुकुमकोटका लागि छुटेको ग १ ख ९१०९ नम्बरको बस बिहीबार दुर्घटना हुँदा घटनास्थलमा पाँचको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए । मृतकको सनाखत हुन बाँकी छ। बसमा सवार १७ मध्ये १३ जना घाइते भएका र तीनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते सबैको रुकुमपूर्व अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक डाँगीले बताए । घाइतेलाई हेलिकप्टरबाट उपचारका लागि लैजाने पहल भएको छ। नेपाली सेनाको नरसिङ दल गुल्म रुकुमपूर्वका सेनानी बाबुलाल जिसीले घाइतेको उपचारका लागि सुर्खेतबाट हेलिकप्टर ल्याउने तयारी भइरहेको जानकारी दिए ।


    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार