Sajha Post
रुकुम पूर्वमा भएको बस दुर्घटनामा मृतक सबैको पहिचान खुल्यो
Rukum_East_Bus_Acc
nepatop

रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ३ को क्याङ्सीबगरमा भएको बस दुर्घटनामा ज्यान गुमाउने सबैको पहिचान खुलेको छ । आज काठमाडौंबाट रुकुमकोट तर्फ गइरहेको ग १ ख ९१०९ नम्बरको बस जिल्लाको भूमे गाउँपालिका वडा नम्बर २ खाबाङ नजिकै वडा नम्बर ३ को क्याङसीबगरमा दुर्घटनाग्रस्त हुँदा आमा छोरा सहित ५ जनाको मृत्यु भएको हो । उक्त दुर्घटनामा परी मृत्यु हुनेमा रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ८ चारगाउँका ३६ वर्षिय पूर्णबहादुर बुढा, भूमे गाउँपालिका वडा नम्बर ५ डालिबाङका वर्ष २३ का बुद्धिमान बुढा, सिस्ने गाउँपालिका वडा नम्बर ६ का २ वर्षिय बालक सिजन खड्का र उनकी आमा ४० वर्षिया लक्ष्मी खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ । दुर्घटनामा परि बस चालक रामेछाप जिल्लाका २६ वर्षिय लिलाभक्त श्रेष्ठको पनि मृत्यु भएको छ । २ वर्षिय बालक सिजन र बुद्धिमानको जिल्ला अस्पताल रुकुमकोटमा मृत्यु भएको हो भने बाँकी ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै दुर्घटनामा परि गम्भिर घाइते ४ जनालाई उपचारका लागि बाँकेको कोहलपुर लगिएको छ । दुर्घटनामा परि अन्य ८ जना घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल रुकुमकोटमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  १९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update