मंगलबार, वैशाख ११ गते २०८१
Logo
मंगलबार, वैशाख ११ गते २०८१

डुङ्गा पल्टिँदा ३४ जनाको मृत्यु, २० जनाको जिवितै उद्दार 

डुङ्गा पल्टिँदा ३४ जनाको मृत्यु, २० जनाको जिवितै उद्दार 

मन्त्रालयलाई उद्धृत गर्दै उक्त घटनामा ३४ जनाको मृत्यु भएको र बाँचेका २० जनाको तटीय सहर टार्टसको अल–बासेल अस्पतालमा उपचार भइरहेको बताएको छ । धेरैजसो आप्रवासीहरू लेबनानी र सिरियालीहरू रहेको र केही बिना परिचय पत्रका फेला परेको बताइएको छ ।

साझा पोष्ट
शुक्रबार, असोज ७ २०७९
  • images
    डुङ्गा पल्टिँदा ३४ जनाको मृत्यु, २० जनाको जिवितै उद्दार 
    images

    एजेन्सी । लेबनानबाट आप्रवासी बोकेको एउटा डुङ्गा सिरियाको तटमा पल्टिँदा  ३४ जनाको मृत्यु भएको  सिरियाली सरकारी सञ्चारमाध्यमले जनाएको छ । लेबनानी, सिरियाली र प्यालेस्टाइनीहरू संकटग्रस्त क्षेत्र लेबनानबाट भागेर युरोप जाने प्रयास गर्दा यस्तो दुखद् घटना भएको बताइएको छ । 


    images
    images

    सिरियाको सरकारी टेलिभिजनले सिरियाली स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै उक्त घटनामा ३४ जनाको मृत्यु भएको र बाँचेका २० जनाको तटीय सहर टार्टसको अल–बासेल अस्पतालमा उपचार भइरहेको बताएको छ । धेरैजसो आप्रवासीहरू लेबनानी र सिरियालीहरू रहेको र केही बिना परिचय पत्रका फेला परेको बताइएको छ ।

    राज्य मिडियाले एक जिवित व्यक्तिलाई उद्धृत गर्दै भनेको छ, ‘डुङ्गाले १५० जनाभन्दा बढी मानिसहरू बोकेका थियो, जसले समुद्रमा १ सयभन्दा बढी आप्रवासीहरू अझै बेपत्ता हुनेछन् । टार्टसका गभर्नर अब्दुलहलिम खलिलले अस्पतालमा बाँचेका २० जनालाई भेटेको बताएका छन् । कति जना सवार थिए र तिनीहरू कहाँ जाँदै थिए भन्ने अझै स्पष्ट नभएको बताइएको छ । तर तटरक्षकहरूले अझै पनि शवहरूको खोजी गरिरहेको बलाइका छन् ।

    राज्य मिडियाले बाँचेकाहरूलाई उद्धृत गर्दै भनेका छन्, ‘उनीहरूले केही दिनअघि लेबनानको तटीय शहर मिन्येहबाट युरोप पुग्ने लक्ष्य लिएमा थिए । उक्त डुंगामा विभिन्न देशका मानिस सवार रहेको बताइएको छ ।
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार