मंगलबार, वैशाख ११ गते २०८१
Logo
मंगलबार, वैशाख ११ गते २०८१

राष्ट्रपतिविरुद्ध परेका सबै रिट न्यायाधीश शर्माको इजलासमा, आज सुनुवाइ हुने सम्भावना कम

राष्ट्रपतिविरुद्ध परेका सबै रिट न्यायाधीश शर्माको इजलासमा, आज सुनुवाइ हुने सम्भावना कम

साझा पोष्ट
शुक्रबार, असोज ७ २०७९
  • images
    राष्ट्रपतिविरुद्ध परेका सबै रिट न्यायाधीश शर्माको इजलासमा, आज सुनुवाइ हुने सम्भावना कम
    images

    काठमाडौं । राष्ट«पति विद्यादेवी भण्डारीविरुद्ध परेका सबै रिट न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा परेका छन् । नागरिकता विधेयक प्रमाणीकरण नगरी संविधानको उल्लंघन गरेको भन्दै राष्ट्रपति कार्यालय तथा राष्ट्रपति विरुद्धसमेत दर्ता भएको ५ वटै रिट न्यायाधीश शर्माको इजलासमा परेका हुन् ।  


    images
    images

    शुक्रबार पेसीका लागि इजलासमा चढेको भएपनि राष्ट्रपति कार्यालयविरुद्धका सबै रिटहरु ३२ नम्बरमा परेको छ । त्यसअघि धेरै रिट निवेदनहरु रहेको कारण शुक्रबार उक्त रिटमाथि सुनुवाई हुने सम्भावना भने निकै कम देखिएको छ । 

    राष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रपतिको कार्यालयले संविधानको घोर उल्लंघन गरेको भन्दै नागरिकता विधेयक प्रमाणीकरण नगर्ने निर्णय भएको सो निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्न र नगरेको भए प्रमाणीकरण गर्नका लागि परमादेश दिन माग गरिएको छ ।

    अधिवक्ताहरू सागर बराल, सुनिल रञ्जन सिंह, सुनिल कुमार यादव, देव शर्मा र सोनु रौनियारले छुट्टाछुट्टै रिट दर्ता गर्दै राष्ट्रपति कार्यालयविरुद्ध रिट दर्ता गराएका थिए । 

    संघीय संसद्का दुवै सभाबाट दोस्रोपटक आएको विधेयक १५ दिनभित्र पारित गर्नुपर्ने संवैधानिक व्यवस्थाविपरीत राष्ट्रपति भण्डारीले  असोज ४ भित्र प्रमाणीकरण गरिसक्नुपर्ने नागरिकता विधेयक गैरसंवैधानिक भन्दै अस्वीकृत गरेकी थिइन्। सत्तागठबन्धनले यसलाई संसद्को अपमान र संविधानको घोर उल्लंघन भन्दै कानुनी लडाइँ लड्ने निर्णय गरिसकेको छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार