Sajha Post
काठमाडौंको शाली नदीमा माछा मार्दै पूर्वमन्त्री बिष्ट (तस्बिरसहित)

काठमाडौं । कुनै समय ज्यानको बाजी थापेर जनयुद्धमा हाम्फालेका पूर्वमन्त्री लोकेन्द्र बिष्ट राजनीति छोडेर अहिले कृषि कर्ममा छन, कालो धान हुँदै अहिले ड्रागन फ्रुटको खेतीमा रमाईरहेका र मनग्गे कमाईरहेका छन उनी । प्रष्ट बोल्छन बिष्ट । बेला बेला रिफ्रेस पनि हुनुपर्छ भन्ने उनको मान्यता छ । रिफ्रेस हुन मन लाग्दा उनी जाल बोकेर माछा मार्न हिंडछन । ०७० सालमा संसदीय चुनाव लड्दा प्रचारकै क्रममा उनी म्याग्दीमा जाल बोकेर खोला तिर पसेका थिए । अहिले पनि उनी बेला बेला माछा मार्न हिंड्छन, यसपटक उनले काठमाडौंका शाली नदीमा जाल हानेर माछा मारेका छन । काठमाडौं नदी र खोलामा माछा जाल हानेर माछा मार्ने कुरा धेरैलाई अहिले उहिलेका कुरा लाग्छ, तर बिष्टले त्यहाँ माछा फेला पारे । 

lokendra bista 11663920568.jpg

lokendra bista1663918775.jpg

nepatop

lokendra bista 21663920615.jpg

poorwa mantri bista1663920690.PNG

तस्बिर: पूर्वमन्त्री बिष्टको फेसबुकबाट 


 

प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९  १२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update