बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

पत्रकार बिनु सुवेदीलाई अखिल अध्यक्ष बरालले धम्की दिएकोमा महासंघको विरोध

पत्रकार बिनु सुवेदीलाई अखिल अध्यक्ष बरालले धम्की दिएकोमा महासंघको विरोध

साझा पोष्ट
शुक्रबार, असोज ७ २०७९
  • images
    पत्रकार बिनु सुवेदीलाई अखिल अध्यक्ष बरालले धम्की दिएकोमा महासंघको विरोध
    images

    काठमाडौं । नेपाल पत्रकार महासंघले नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुकी  अध्यक्ष सुनिता बरालले सामाजिक सञ्जालमार्फत पत्रकार बिनु सुवेदीलाई कुटपिट गर्ने धम्की दिएको घटनाको भर्त्सना गरेको छ।


    images
    images


    महासंघका महासचिव रोसन पुरीले शुक्रबार विज्ञप्ति निकालेर पत्रकार सुवेदीमाथिको धम्की अशोभनीय भन्दै संवैधानिक स्वतन्त्रता र अधिकार सम्मान गर्न ध्यानाकर्षण गरेका छन । 

    विज्ञप्तिमा भनिएको छ, "पत्रकार सुवेदीलाई झापामा रिर्पोटिङ गरेर फर्किएपछि ‘बिनु सुवेदीले कुन दिन झापाली जनताको रामधुलाई भेट्छिन्" भन्दै एमाले कार्यकर्ताले गरेको ट्विटमा अनेरास्ववियु अध्यक्ष बरालले असोज ६ गते बिहीबार कमेन्ट गर्दै 'जरुरत पर्लाजस्तो' छ भनेर धम्की दिएको महासंघमा जानकारी प्राप्त भएको छ।"

    सामाजिक सञ्जालमा विचार अभिव्यक्त गर्नु र टिकाटिप्पणी हुनु अभिव्यक्ति स्वतन्त्रता भए पनि एउटा जिम्मेवार व्यक्तिले  पत्रकारलाई आक्रमणको ठाडो धम्की दिनु अत्यन्त दुःखद् र अशोभनीय काम भएको महासंघले उल्लेख गरेको छ।

    ‘महासंघ यस किसिमको हर्कतको कडा शब्दमा भर्त्सना गर्दै प्रेसको संवैधानिक स्वतन्त्रता र अधिकार सम्मान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ,’ विज्ञप्तिमा भनिएको छ। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार