बुधबार, वैशाख १२ गते २०८१
Logo
बुधबार, वैशाख १२ गते २०८१

नागरिकता विधेयकमा असन्तुष्ट लोसपाले एमालेसँग चुनावी तालमेल गर्न कार्यदल बनायो 

नागरिकता विधेयकमा असन्तुष्ट लोसपाले एमालेसँग चुनावी तालमेल गर्न कार्यदल बनायो 

अध्यक्ष महन्थ ठाकुरले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा चुनावी तालमेलबारे छलफल गर्न वरिष्ठ नेता राजेन्द्र महत्तोको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका हुन् ।

साझा पोष्ट
शुक्रबार, असोज ७ २०७९
  • images
    नागरिकता विधेयकमा असन्तुष्ट लोसपाले एमालेसँग चुनावी तालमेल गर्न कार्यदल बनायो 
    images

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले एमालेसहित विचार मिल्ने अन्य पार्टीहरूसँग चुनावी तालमेल गर्ने भएको छ । तालमेलबारे छलफल गर्न लोसपाले कार्यदल गठन गरेको छ । 


    images
    images

    अध्यक्ष महन्थ ठाकुरले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा चुनावी तालमेलबारे छलफल गर्न वरिष्ठ नेता राजेन्द्र महत्तोको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका हुन् ।

    कार्यदलमा शरतसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनल सदस्य छन् । कार्यदल गठन गर्दै अध्यक्ष ठाकुरले एमालेसहित अन्य विचार मिल्ने पार्टीहरूसँग सहकार्य गर्ने वातावरणका लागि छलफल गर्ने जिम्मेवारी दिएका छन् ।

    LOSAPA1663940460.jpg

    लोसपाले यसअघि सत्ता गठबन्धनमा सामेल हुन लामो समयसँग गृहकार्य गरेको थियो । तर गठबन्धन दलले महत्व नदिएपछि  लोसपा सत्ता गठबन्धनमा सामेल हुन पाएन । तर नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले भने लोसपालाई गठबन्धनमा सामेल गर्ने प्रयास छोडेका छैनन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार