बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

एमालेसँग चुनावी तालमेलका लागि लोसपाले बनायो कार्यदल

एमालेसँग चुनावी तालमेलका लागि लोसपाले बनायो कार्यदल

साझा पोष्ट
शुक्रबार, असोज ७ २०७९
  • images
    एमालेसँग चुनावी तालमेलका लागि लोसपाले बनायो कार्यदल
    images

    काठमाडौं ।   लोकतान्त्रिक समाजवादी पार्टीले एमालेसहित विचार मिल्ने अन्य पार्टीसँग चुनावी तालमेलबारे छलफल गर्न कार्यदल गठन गरेको छ । अध्यक्ष महन्थ ठाकुरले आगामी मंसिर ४ मा हुने  निर्वाचनमा चुनावी तालमेलका लागि वरिष्ठ नेता राजेन्द्र महतोको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका हुन् ।कार्यदलमा शरतसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनल सदस्य छन् । कार्यदल गठन गर्दै अध्यक्ष ठाकुरले एमालेसहित अन्य विचार मिल्ने पार्टीहरूसँग सहकार्य गर्ने वातावरणका लागि छलफल गर्ने जिम्मेवारी दिएका छन् ।
    लोसपाले यसअघि सत्ता गठबन्धनमा सामेल हुन  गृहकार्य गरेको थियो । तर गठबन्धनभित्र विवाद भएपछि लोसपा सत्ता सामेल हुन पाएन ।  नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले भने लोसपालाई गठबन्धनमा सामेल गर्ने प्रयास छोडेका छैनन् ।तर लोसपाले एमालेसँग तालमेलको अवस्था बनेको भन्दै प्रयास अघि बढाएको छ । 


    images
    images

              

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार