शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

पौडी खेल्न गएका तीन बालकको डुबेर मृत्यु

पौडी खेल्न गएका तीन बालकको डुबेर मृत्यु

बालकहरू बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सेनाको संयुक्त टोलीले खोजी गर्ने क्रममा उनीहरूको शव भेटिएको हो । मृतकहरूको पहिचान भइसकेको छैन । 

साझा पोष्ट
शुक्रबार, असोज ७ २०७९
  • images
    पौडी खेल्न गएका तीन बालकको डुबेर मृत्यु
    images

    काठमाडौं । हेटौंडामा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीन जना बालकको शव भेटिएको छ । शुक्रबार साँझ साढे ५ बजेदेखि बेपत्ता भएका उनीहरूको खोजीको क्रममा साँझ ७ बजे मात्रै कर्रा खोलाको नागदह नजिकै शव फेला परेको हो । 


    images
    images

    बालकहरू बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सेनाको संयुक्त टोलीले खोजी गर्ने क्रममा उनीहरूको शव भेटिएको हो । मृतकहरूको पहिचान भइसकेको छैन । 

    उनीहरूको शवलाई अहिले पोस्टमार्टमका लागि हेटौंडा अस्पताल लैजाने तयारी गरिएको प्रहरीले जनाएको छ । उनीहरूमध्ये एक बालकको भने सुरुमै उद्धार गरिएको थियो । उद्धार गरिएका बालकका अनुसार बेपत्ता बालकहरू १० देखि १२ वर्ष उमेर समूहका छन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार