Sajha Post
दोस्रो टी–ट्वेन्टीमा अष्ट्रेलियामाथि भारतको जीत 

काठमाडौं । घरेलु टोली भारतले अष्ट्रेलियाविरुद्धको दोस्रो टी–ट्वेन्टी ६ विकेटले जितेको छ । 

नागपुरमा शुक्रबार राति भएको खेलमा भारत चार बल बाँकी छँदै विजयी भयो ।  जितसँगै ३ खेलको टी–ट्वेन्टी  अन्तर्राष्ट्रिय सिरिजमा भारतले १-१ को बराबरी गरेको छ ।

वर्षाका कारण आठ ओभरमा सीमित खेलमा पाहुना टोलीले दिएको ९१ रनको लक्ष्य भारतले ७ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।भारतका लागि कप्तान रोहित शर्माले २० बलमा नटआउट ४६ र दिनेश कार्तिकले नटआउट १० रन बनाए । विराट कोहलीले ११ र केएल राहुलले १० जोडे । 

भ्रमणकारी टोलीका लागि एडम जाम्पाले ३ विकेट लिए । 

त्यस अघि ब्याटिङ गरेको पाहुना टोलीले निर्धारित ८ ओभरमा ५ विकेट गुमाएर ९० रन बनाएको थियो । अष्ट्रेलियाका लागि म्याथ्यु वेडले २० बलमा अनटआउट४३ रन बनाए । कप्तान आरोन फिन्चले १५ बलमा ३१ रन तथा स्टेभन स्मिथले ८ रन बनाए । भारतका लागि अक्षर पटेलले २ तथा जसप्रित बुमराहले १ विकेट लिए ।

दुई टोलीबीचको तेस्रो तथा अन्तिम  टी–ट्वेन्टी आइतबार हुनेछ ।

प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update