Sajha Post
इसेवाले ल्यायो 'मेरो डिजिटल देश' अभियान 

काठमाडौं । मुलुककै अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनि ट्रान्सफरले डिजिटल रेमिट्यान्सको माध्यमबाट रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क कम गर्दै, थप रेमिट्यान्स भित्राएर देशलाई समुन्नत बनाउन “मेरो डिजिटल देश”अभियान ल्याएको छ।
अभियान असोज ७, देखि शुरु भएको अभियान  २०७९ फागुन ६ सम्म कायमै रहनेछ । परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोवारलाई डिजिटाइजेसन गर्ने अभिप्रायका साथ यो अभियान सुरु गरिएको इसेवाले जनाएको छ ।  योजनामार्फत डिजिटल रेमिट्यान्सलाई थप बढावा दिन देशको आर्थिक स्थिति बलियो बनाउन र देशमा विदेशी मुद्राको सञ्चिति थपमजबुत बनाउनका पनि ६ महिने यस योजना सार्वजनिक गरिएको, कम्पनीले जनाएको छ।


“मेरो डिजिटल देश”अभियानअन्तर्गत संसारका जुनै पनि मुलुकमा रहेका नेपालीहरुले, नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता अथवा ६० लाखभन्दा बढी प्रयोगकर्ता भएको इसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्नेछन ।  साथै, विदेशबाट इसेवामनी ट्रान्सफर मार्फत आएको नगद रेमिट्यान्स आफ्नो इसेवा वालेटमा प्राप्त गरेर यस योजनामा जोकोही ले पनि सहभागिता जनाउन सक्नेछ । 
यस अभियानमा मासिक रुपमा १ जनाले ६ महिना सम्म आकर्षक पुरस्कारको प्याकेज तथाबम्परमा १ जनाले काठमाडौंमा सुविधा सम्पन्न घर प्राप्त गर्ने   इसेवामनी ट्रान्सफरका जनरल मेनेजर सागर खनालले जानकारी दिए । 
 

प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update