Sajha Post
जनकपुरमा केपी ओलीलाई देखाईयो कालो झण्डा, १२ जना पक्राउ

जनकपुर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार जनकपुरमा जनता समाजवादी पार्टी निकट विद्यार्थीले कालो झन्डा देखाएका छन्। 


संसदबाट दुई दुईपटक पारित नागिरकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको र त्यसलाई एमालेले समर्थन गरेको भन्दै उनीहरूले ओलीलाई  कालो झन्डा देखाएका हुन्।  शनिबार उनलाई जनकपुरको विमानस्थलबाट निस्कने बित्तिकै कालो झण्डा देखाइएको हो। ओलीलाई कालो झण्डा देखाउने १२ जनालाई प्रहरीले पक्रेको छ । 
लोकतान्त्रिक समाजवादी पार्टीका सचेतक उमाशंकर अरगरियालाई आफ्नो पार्टीमा प्रवेश गराउन ओली जनकपुर आइपुगेका छन ।  

धनुषाको विदेह नगरपालिकाको तिनकौरिया चोकमा आयोजना हुने कार्यक्रममा ओलीले अरगरियालाई पार्टी प्रवेश गराउने कार्यक्रम छ।

ओली तीनकौरिया चोकस्थित कार्यक्रम स्थलसम्म पुग्नका लागि रेल चढेका छन । जनकपुरधामस्थित रेल्वे प्लेटफर्ममा चढेर महिनाथपुर स्टेशनसम्म उनले रेलको यात्रा गरेका छन्।

प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update