Sajha Post
बाबुरामजी र म एकअर्काका पुरक, अब मिलेर नयाँ जनयुद्ध : प्रचण्ड 

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु र बाबुराम भट्टराई एक अर्काको पुरक भएको बताएका छन् ।

नेपाल समाजवादी पार्टीले काठमाडौंमा गरेको शुभकामना आदान प्रदान कार्यक्रममा पुगेका प्रचण्डले अब दुई जना मिलेर नयाँ जनयुद्ध गर्ने बताए ।  ‘ जनयुद्ध सुरु गर्दा पनि हामी दुई कै योगदान बढी छ । हिजो एक अर्काको पुरक भएर अघि बढेको हो । हाम्रो बानी, व्यहोरा र स्वभाव मिल्दैन  । तर हामी एकै ठाउँमा हुँदा एकजनाको अभाव अर्कोले पुरिदिने हुन्छ र नयाँ शक्ति सिर्जना हुन्छ ।’ प्रचण्डलेभ भने‘आज हामी फेरि त्यही अवस्थालाई सोच्दै र देशको अहिलेको राजनीतिलाई सोच्दै एउटा नयाँ जनयुद्ध पूरानो जनयुद्ध होइन। पूरानो त संभव पनि छैन्, नयाँ खालको गोरेटो कोर्ने संकल्प गरेपछि हामी अब एकै ठाउँमा केन्द्रीत हुने हो।’

नयाँ खालको समाजवादको मोडेल विकास गर्न आफूहरु फेरि एकै ठाउँमा आएको पनि उनले बताए ।नेसपासँग चुनावसम्मको मात्रै सहकार्य नभएको स्पष्ट पार्दै प्रचण्डले भने, ‘यो चुनावका लागि मात्रै गरिएको निर्णय हैन । त्यो भन्दा धेरै माथि पुग्नका लागि हो । मुलुकमा समाजवाद र समृद्धिको नयाँ गोरेटो कोर्नका लागि यो एकता भएको हो ।’
। 
प्रचण्डले अब समाजवादको नयाँ मोडेल  बनाउनु पर्ने बताए । १९ र २० औं शताब्दीको मोडेलले काम नगर्ने भन्दै उनले अबको एक दशक नयाँ प्रयोग गर्ने भनेरै बाबुराम र आफु एकै ठाउँमा आएको दाबी पनि गरे ।

‘विगत एक दशक हामी नयाँ ढंगले अघि बढ्यौं त्यो सफल भएन । अब फेरि मुलुकलाई नयाँ मोडल दिएर खुसी साथ यो संसारबाट विदा हुने योजना बनाएका छौं ।’ उनले भने, ‘हामी ठूलो सपना देख्ने र त्यसलाई पुरा गर्न अनवरत संघर्ष गर्नेमा पर्छौं । अब नयाँ उर्जासहित अघि बढेर सफल हुन्छौं ।’ 
१० वर्षे जनयुद्धको बेलामा पनि कोटेश्वर र बाबुराम भट्टराईको घरमा ठूलै छलफलहरु हुने गरेको उनले स्मरण गरे। ‘कोटेश्वर र बाबुराम जीको घरमा ठूलै छलफल गथ्र्यौ। हामीले ठूलो कमिटमेन्ट गरेका थियौं। धेरैले त्यो असम्भव कुरा हो पनि भने, त्यतिखेरका ठूला पार्टीले ३ महिनामै सकिन्छन् पनि भने, हाम्रो कमिटमेन्ट धेरै ठूलो थियो, त्यो कमिटमेन्ट सुन्दा मानिसहरुले धेरै ठूलो व्यंग्य पनि गरे।’ प्रचण्डले भने।

प्रचण्डले आफू र डा. बाबुराम भट्टराईले संविधान घोषणापछि गरेका प्रयोगहरु व्यवहारतः सफल नभएको स्वीकार गरे।

प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update