Sajha Post
कांग्रेसमा बढ्दो असन्तुष्टि: कोईराला समूहको खबरदारी सभा शुरु 

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले आज बानेश्वरमा खबरदारी सभा आयोजना गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा टिकट वितरणमा संस्थापन समूहलाई दबाब दिन नेता यो समूहले खबरदारी सभा  गरेको हो । सभा थापागाउँस्थित बानेश्वर बैंक्वेटमा चलिरहेको छ । 

सभापति देउवाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको सूची न्यायोचित नभएको भन्दै उनीहरूले असन्तुष्ट जनाउँदै आएका छन् ।

शेखर–गगन समूहले ४० प्रतिशत टिकट आफ्नो पक्षका नेता–कार्यकर्ताले पाउनुपर्ने माग राख्दै आएको छ।  टिकट वितरणमा ४० प्रतिशत भाग आफूले पाउनका लागि दबाब दिन भेला आयोजना गरिएको हो । 

प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update