बिहीबार , चैत १५ गते २०८०
Logo
बिहीबार , चैत १५ गते २०८०

कांग्रेसमा संस्थापनविरुद्ध विद्रोह गर्ने इतर पक्षको चेतावनी, समूहका शीर्ष नेता भने अनुपस्थित

कांग्रेसमा संस्थापनविरुद्ध विद्रोह गर्ने इतर पक्षको चेतावनी, समूहका शीर्ष नेता भने अनुपस्थित

साझा पोष्ट
शनिबार, असोज ८ २०७९
  • images
    कांग्रेसमा संस्थापनविरुद्ध विद्रोह गर्ने इतर पक्षको चेतावनी, समूहका शीर्ष नेता भने अनुपस्थित
    images

    काठमाडौं । पार्टी संस्थापन पक्षले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारी चयनमा एकलौटी गरेको  भन्दै नेपाली कांग्रेसको शेखर कोइराला पक्षले विद्रोह गर्ने चेतावनी दिएको छ । शनिबार काठमाडौंमा खबरदारी सभाको आयोजना गरी कोइराला पक्षका नेताहरुले यो निर्णय नच्याएपछि पार्टी भित्र विद्रोह गर्न बाध्य हुने चेतावनी समेत दिए । 


    images
    images

    सभाका बोल्दै नेता गुरु घिमिरेले पार्टीमा सबैलाई न्याय हुनेगरी आगामी निर्वाचनको टिकट वितरण नभए आफूहरु विद्रोह गर्न बाध्य हुने चेतावनी दिए। उनले समानुपातिकतर्फको टिकट वितरणको सूची तत्काल सच्याउन पनि पार्टीका सभापति शेरबहादुर देउवालाई आग्रह गरे । 

     ‘म हाम्रै समूहका पदाधिकारीहरूलाई दह्रो खुट्टा टेकेर न्यायको पक्षमा बोल्न आग्रह गर्दछु’ घिमिरले भने, ‘नभए तपाईहरुलाई पनि राम्रो हुनैछैन । पार्टीमा सबैलाई न्याय हुने गरी सभापतिजीले टिकट वितरणमा गरेका निर्णय सच्याउनु भएन भने पार्टी भित्र विद्रोह हुन्छ ।’

    अर्का नेता भुपेन्द्रजंग शाहीले पनि आगामी निर्वाचनको टिकट वितरणमा पार्टी भित्र न्याय नभए विद्रोह गरेर अघि बढने चेतावनी दिए । उनले पार्टीले टिकट नदिएपनि आफू कालिकोटमा प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा समेत गरे । 

    thumb1664023762.jpg

    नेता बद्रीनरसिंह केसीले समानुपातिकतर्फको निर्वाचनको सूची पार्टी सभापति शेरबहादुर देउवाले आगामी असोज १६ गतेसम्म नसच्याए आफूहरु विद्रोह गरेर अघि बढन बाध्य हुने  चेतावनी दिए  । नेता केसीले भने, ‘सभापति शेरबहादुर देउवा एउटा गुटको मात्रै नेता भएको देखियो । समानुपातिक तर्फको टिकट दिने काममा एकलौटी गरियो । १६ गतेसम्म त्यो नसच्चिए त्यसको विकल्पमा हामी अगाडि बढ्छौँ ।’

    तर, भेलामा शेखर समूहकै शीर्ष नेता भने उपस्थित भएनन् । समूहका नेता कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, डा रामशरण महतलगायतका समूहका शीर्ष नेता नै भेलामा उपस्थित भएनन् । भेलामा केन्द्रीय सदस्यको उपस्थिति पनि धेरै बाक्लो थियो । 

    NC_Sekher_Samuha1664023799.jpg

    भेलाको अध्यक्षता नुवाकोट कांग्रेसका पूर्व जिल्ला सभापति जगदीश नरसिंह केसीले गरेका थिए । 

    प्रतिक्रिया हरु
    थप समाचार