Sajha Post
सरकार र डा.केसीबिच १० बुंदे सहमति, अनशन तोडियो

काठमाडौं । स्वास्थ्य क्षेत्र सुधारका माग राखी आमरण अनशनमा बसेका डा. गोविन्द केसी र सरकारबीच शनिबार १० बुँदे सहमति भएको छ ।   शनिबार सहमति भएपछि डा. केसीले अनशन तोडेका छन् ।  

डा केसीले अनशन तोडेपछि भने, ‘सहमति सात दिनभित्र कार्यान्वयन भएन भने फेरि अनशन बस्छु। हामीलाई धोका दिनु भनेको ३ करोड जनतालाई धोका दिनु हो ।’

अनशन तोडे पनि डा केसीको टिचिङमै उपचार हुने छ ।  अनशन बस्न डा. केसी कैलालीको धनगढी पुगेका थिए । स्वास्थ्य अवस्था जटिल बनेपछि उनी काठमाडौं आएका थिए र त्रिवि शिक्षण अस्पतालको बेडबाटै अनशनलाई निरन्तरता दिएका थिए । 

उनीसँग वार्ताका लागि सरकारले प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा वार्ता टोली बनाएको थियो भने डा. केसीका तर्फबाट डा. जीवन क्षत्री नेतृत्वको टोलीले वार्ता गरेको थियो ।सरकारी अस्पतालको स्वास्थ्य सेवा सुधार गर्न हाल कायम रहेको चिकित्सकको दरबन्दी थप गर्न सरकार तयार भएको छ । त्यसका लागि ५०० शय्याका अस्पतालहरुको संगठन तथा व्यवस्थापन सर्वेक्षणको काम सम्पन्न गरी शीघ्र स्वीकृतिको प्रक्रियामा लैजाने सहमति भएको छ । त्यस्तै अन्य सरकारी अस्पतालको पनि संगठन तथा व्यवस्थापन सर्वेक्षणको काम छिटो सक्ने सरकारले सहमति जनाएको छ ।

 

machhapuchhre bank

प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  २१:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update