बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

कांग्रेसको समानुपातिक सूचिमा संस्थापन पक्षको हालीमुहाली, नेता पत्नीदेखि व्यापारीसम्म अटाए (सूचिसहित)

कांग्रेसको समानुपातिक सूचिमा संस्थापन पक्षको हालीमुहाली, नेता पत्नीदेखि व्यापारीसम्म अटाए (सूचिसहित)

साझा पोष्ट
आइतबार, असोज ९ २०७९
  • images
    कांग्रेसको समानुपातिक सूचिमा संस्थापन पक्षको हालीमुहाली, नेता पत्नीदेखि व्यापारीसम्म अटाए  (सूचिसहित)
    images

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा प्रधानमन्त्री पत्नी आरजु राणा देउवा, गृहमन्त्री बालकृष्ण खाणकी पत्नी मञ्जु खाँणदेखि नेता विमलेन्द्र निधिसम्म समावेश भएका छन् । शेखर कोइराला समूहले आगामी चुनावमा कांग्रेसभित्र ४० प्रतिशत सिट नपाए विद्रोह गर्ने चेतावनी दिइरहेका बेला देउवानिकट नेताहरूलाई समानुपातिकको बन्दसूचीमा राखेको पाइएको छ ।


    images
    images

    निर्वाचन आयोगमा बुझाइएको प्रतिनिधिसभा समानुपातिकतर्फको बन्दसूचीमा  सभापति देउवानिकट नेतामात्रै होइन व्यापारिक पृष्ठभूमिका व्यक्तिहरूलाई पनि राखिएको छ । बन्दसूचीको ७ नम्बरमा व्यापारी अनिल रुँगटाको नाम छ भने नेपालगन्ज मेडिकल कलेजका सञ्चालक डा सुरेशकुमार कनोडियाको पनि नाम सूचीमा समावेश गरिएको छ ।

    त्यस्तै ठगी मुद्दामा मुछिएका अर्का मेडिकल कलेज सञ्चालक खुमाप्रसाद अर्याललाई पनि कांग्रेसले समानुपातिकको बन्दसूचीमा राखेको छ । अर्याल गण्डकी मेडिकल कलेजका सञ्चालक हुन् । उनीविरुद्ध ३ वर्षअघि ठगी मुद्दामा अदालतले पक्राउ पुर्जीसमेत जारी गरेको थियो । पछि उनी सुटुक्क अदालतमा उपस्थित भएर १७ लाख धरौटी बुझाएर रिहा भएका थिए ।

    त्यस्तै पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र गोपालमान श्रेष्ठको नाम पनि बन्दसूचीमा रहेको छ भने वर्तमान सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर र जीवन परियार पनि समानुपातिकबाटै सांसद बन्ने दाउँमा  छन् ।

    त्यसैगरी पूर्वराष्ट्रपति डा रामबरण यादवका छोरा डा चन्द्रमोहन यादव, कांग्रेस प्रवक्ता डा प्रकाशशरण महत, पूर्वमन्त्री रोमी गौचन थकाली, प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियार, नेता अर्जुननरसिंह केसीका भाइसमेत रहेका डा केदारनरसिंह केसीको नाम पनि बन्दसूचीमा रहेको छ ।

    कोइराला समूहले प्रत्यक्षतर्फको मात्रै नभई असोज ३ मा बुझाइएको समानुपातिकतर्फको बन्दसूची पनि सच्याउनुपर्ने माग गरेका छन् । निर्वाचन आयोगले दिएको असोज १६ सम्मको समयसीमामा संस्थापनइतर समूहबाट ४० प्रतिशतको हाराहारीमा उम्मेदवार राखिनुपर्ने माग छ । आफूहरूले न्यायोचित सिट नपाए शेखर समूहले अनशन, धर्ना र निर्वाचन बहिष्कारसम्मका वैकल्पिक संघर्षको चेतावनीसमेत दिएको छ ।

    सम्बन्धित समाचार

    कांग्रेसमा संस्थापनविरुद्ध विद्रोह गर्ने इतर पक्षको चेतावनी, समूहका शीर्ष नेता भने अनुपस्थित

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार