
काठमाडौं । निर्वाचन आयोगले आज राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग छलफल गर्दैछ । संघीय संसद् तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग आचार संहिता लगायत विषयमा छलफल गर्न लागेको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्माले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यन्वयन सम्बन्धमा दलहरूसँग अन्तरक्रिया गर्न लागेको जानकारी दिए । छलफलमा प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ राजनीतिक दलका प्रमुख र पदाधिकारीलाई बोलाइएको छ ।
आयोगले केही दिनभित्रै निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ । आयोगले प्रस्ताव गरेको आचारसंहिताले चुनावी प्रचारप्रसार गर्न समस्या हुने भन्दै केहि राजनितिक दलले विरोध गर्दै आएका छन् । त्यसैले त्यसअघि दलहरूको प्रतिवद्धता लिन आयोगले छलफल गर्न लागेको हो ।