Sajha Post
आजदेखि लामो तथा छोटो दुरीका गाडीमा यान्त्रिक परीक्षण अनिवार्य, परीक्षण नगरी गाडी चलाउन नपाईने 

काठमाडौं । काठमाडौं उपत्यकाबाट बाहिरिने लामो तथा छोटो दुरीका सवारी साधनमा आजदेखि अनिवार्य यान्त्रिक परीक्षण हुने भएको छ । दशैंका बेला सम्भावित दुर्घटना रोक्ने उद्देश्यले सवारी साधनको यान्त्रिक परीक्षण अनिवार्य गरिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले रुट परमिट लिने बेला यान्त्रिक परीक्षण अनिवार्य गरिएको र यो नियम सबै प्रकारका सार्वजनिक सवारी साधन र भाडामा प्रयोग गरिएका निजी गाडीमा आजैदेखि लागू हुनेछ ।  
यान्त्रिक परीक्षणविना सवारी साधन चलाउन पाईने छैन । 

काठमाडौं उपत्यकाबाट बाहिरिने मुख्य–मुख्य नाकामा सवारी साधनहरुको चेक जाँचको व्यवस्था मिलाइएको छ ।

यान्त्रिक परीक्षणको व्यवस्थापन सम्बन्धित सवारी साधनको आधिकारिक बिक्रेता, ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरुको समन्वयमा हुनेछ ।

यसैगरी यात्रुको बिमा हुनुपर्ने, लामो दुरीका सवारी साधनमा दुईजना चालक अनिवार्य राख्नुपर्ने, सवारी साधनमा सरोकारवालाको फोन नम्बर यात्रुले देख्ने गरी राख्नुपर्ने, टाइम कार्ड पालना गर्नुपर्ने र गाडीमा झुण्डिएर र छतमा बसेर यात्रा गर्न नपाइने पनि मिलाइएको गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असोज ९, २०७९  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update