सत्ता गठबन्धनले आजदेखि प्रदेश सभाको सिट बाँडफाँटबारे छलफल गर्दै

काठमाडौं । आजदेखि प्रदेशसभाको सिट बाँडफाँटको विषयमा सत्ता गठबन्धनका दलहरुले छलफल गर्ने भएका छन् । प्रतिनिधिसभाको सिट बाँडफाँटबारे विगतमा भएका छलफलमा भएका सहमतिलाई कायम राख्दै आजदेखि प्रदेशसभाबारे छलफल गर्ने नेताहरुले बताएका छन् ।
गत साउन २० गते बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो । शीर्ष नेतृत्व तहमा सिट बाँडफाँटबारे छलफल हुँदै आए पनि सहमति जुट्न सकेको छैन ।
प्रकाशित मिति: आइतबार, असोज ९, २०७९ १०:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय