Sajha Post
एकै दिन १ हजार ५१ जनामा डेंगु संक्रमण, ज्यान गुमाउनेको संख्या ३२ पुग्यो

काठमाडौं । एकैदिन डेंगुका  कारण एक हजार ५१ जना विरामी थपिएका छन ।  अहिलेसम्म डेंगु संक्रमणका कारण ३२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

सोमबारसम्म २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको छ । यसअघि आइतबारसम्म २४ हजार ४९२ जनामा डेंगु संक्रमण भएको थियो । गत साउनदेखि अस्ति शनिवारसम्म संंक्रमित हुनेको संख्या २२ हजार ९८८ थियो ।  यसरी पछिल्लो दुई दिनमा १ हजार ५ सय ५५ जना संक्रमित थपिएका छन । 

मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा धेरै बागमती प्रदेशमा १९ हजार ९१० जनालाई डेंगु संक्रमण भएको छ ।

त्यसैगरी लुम्बिनी प्रदेशमा २ हजार ८८७, सुदूरपश्चिममा ८०४, प्रदेश १ मा ७७५, गण्डकीमा ५५६, मधेशमा ३८० र कर्णालीमा २३१ जनामा डेंगु संक्रमण भएको छ ।

डेंगु नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए ।हालसम्म देशभरका ७६ जिल्लामा डेंगु संक्रमण फैलिएकाे छ ।संक्रमितको संख्या दिनहुँ बढिरहेकाले सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

dengue1664185995.jpg

 

प्रकाशित मिति: सोमबार, असोज १०, २०७९  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update