शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

जीप दुर्घटना हुँदा सल्यानमा आठ जनाको मृत्यु

जीप दुर्घटना हुँदा सल्यानमा आठ जनाको मृत्यु

बुटवल। सल्यानको कपुरकोटमा जिप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । बाँकेको ढकेरीबाट छुटेको रा १ ज ५६३ नम्बरको जिप राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ मूलपानी नजिक बुधबार बिहान साढे ३ बजे दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो। 

साझा पोष्ट
बुधबार, असोज १२ २०७९
  • images
    जीप दुर्घटना हुँदा सल्यानमा आठ जनाको मृत्यु
    images

    बुटवल। सल्यानको कपुरकोटमा जिप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । बाँकेको ढकेरीबाट छुटेको रा १ ज ५६३ नम्बरको जिप राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ मूलपानी नजिक बुधबार बिहान साढे ३ बजे दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो। 


    images
    images


    दुर्घटनामा ज्यान गुमाउनेमा धेरैजसो कपुरकोट गाउँपालिका वडा नम्बर ६ का छन्। जसमा जिप चालक जलवाङका २१ वर्षीय जितबहादुर बोहोरा, ३७ वर्षीय धर्मा ओली, ४० वर्षीय टोपबहादुर ओली र उनका छोरा ११ वर्षीय वसन्त ओलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।  
    यस्तै, कपुरकोट गाउँपालिका ६ कै ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल ओली, ५५ वर्षकी कुमारी ओली र कपुरकोट गाउँपालिका ५ का ३५ वर्षीय ललित ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ , 

     जिपमा जम्मा ९ जना सवार रहेकोमा  एक जना घाइते भएका छन्।   घाइते कपुरकोट ६ का ३५ वर्षीय तिलक ओलीको  तुलसीपुरमा भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार