मन्दिर प्रवेश गरेको भन्दै बाजुरामा दलितमाथि कुटपीट

धनगढी । बाजुरामा मन्दिर प्रवेश गरेको भन्दै दलित समुदायका एक व्यक्तिमाथि निर्घात कुटपिट भएको छ ।
त्रिवेणी नगरपालिका–७ को नाटेश्वरी मन्दिरमा नवरात्रको पूजा गर्न गएका बुढीगंगा नगरपालिका घर भई कञ्चनपुर बस्दै आएका टेकेन्द्र सुनारमाथि कुटपिट भएको प्रहरीले जनाएको छ ।
त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडीको संलग्नतामा आफूमाथि मन्दिर प्रवेश गरेको निहुँमा कुटपिट गरिएको भन्दै सुनारले निवेदन दिएका छन् ।
उनको निवेदनका आधारमा वडाध्यक्ष अयडीलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९ ०९:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय