शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

रवीन्द्र मिश्रको राप्रपा प्रवेशः वैकल्पिक राजनीतिमा एउटा अँध्यारो अध्यायको अन्त्य

रवीन्द्र मिश्रको राप्रपा प्रवेशः वैकल्पिक राजनीतिमा एउटा अँध्यारो अध्यायको अन्त्य

८-९ महिना अघि, कतारका हाम्रा नेता कल्याण थापा सहितको एउटा टोलीले रवीन्द्रजीसँग प्रश्न गर्छन्, ‘तपाईँले किन राजनीति सुरु गर्दा नै यो राजा बोक्ने कुरा भन्नु भएन ?’ उत्तरमा रवीन्द्रजी भन्नुहुन्छ, ‘त्यो बेला यी कुरा गरेको भए, त्यति बेला जोडिएका साथीहरू जोडिँदैन थिए नि त !’ 

साझा पोष्ट
बिहीबार , असोज १३ २०७९
  • images
    रवीन्द्र मिश्रको राप्रपा प्रवेशः वैकल्पिक राजनीतिमा एउटा अँध्यारो अध्यायको अन्त्य
    images

    ८-९ महिना अघि, कतारका हाम्रा नेता कल्याण थापा सहितको एउटा टोलीले रवीन्द्रजीसँग प्रश्न गर्छन्, ‘तपाईँले किन राजनीति सुरु गर्दा नै यो राजा बोक्ने कुरा भन्नु भएन ?’ 
    उत्तरमा रवीन्द्रजी भन्नुहुन्छ, ‘त्यो बेला यी कुरा गरेको भए, त्यति बेला जोडिएका साथीहरू जोडिँदैन थिए नि त !’ 
    तीनकुनेमा केशवजी, हरिशजी, रवीन्द्रजी र म गफ गर्दै थियौँ। उहाँ हामीलाई ‘विचारभन्दा माथि देश’को बारेमा आफ्ना तर्क दिँदै हुनुहुन्थ्यो। मैले झोक्किएर सोधेँ, तपाईँले एकीकरण गर्दा नै यी एजेन्डाको बारेमा भन्नुपर्दैन ? 


    images
    images

    उहाँले आफ्नै तरिकाले भन्नुभयो- ‘मैले त्यत्रो लेखहरू ( मनुज चौधरी वाला ) लेखेकै थिएँ त।’ 
    दोस्रो एकीकरणका बेलामा मैले रवीन्द्र मिश्रजीसँग दसौँ पटक यी एजेन्डाका बारेमा सोधेको छु। संवाद समितिलाई भनेको छु। प्रत्येक चोटि रवीन्द्रजीले लुम्बिनीमा उहाँलाई यो एजेन्डा किन पास गर्नुपर्यो भनेर आफ्नो बाध्यता सुनाउनु हुन्थ्यो। नामै लिएर केही प्रदेश संयोजकको दबाबको कुरा गर्नुहुन्थ्यो। उहाँको पक्षका वार्ता कमिटीका नेताहरूलाई इंगित गरेर तपाईँहरूसँग वार्ता गर्न को कोलाई पठाएको छु र उहाँहरूले के सोच्नुहुन्छ मलाई थाहा छैन र भनेर भन्नुहुन्थ्यो। 

    पछि यी विषयमा हामीले लिखित सहमति नै गर्‍यौँ। संविधान मान्ने, सङ्घीयतालाई थप संस्थागत गर्ने र विगतका उपलब्धिको रक्षा गर्ने हामी दुई पक्षले हस्ताक्षर गर्‍यौँ। 
    लोकतन्त्रमा देशलाई साक्षी राखेर गरेको यो सम्झौतालाई मैले पनि विश्वास गरेँ।
    के लोकतन्त्रमा लिखित सहमतिलाई विश्वास गर्नु हाम्रो गल्ती थियो ? दोष सहमति गर्ने र निभाउनेको हो कि, विश्वास र सहमति तोड्नेको ?

    खैर,  यी कुरा सकिएका छन्। 
    मिश्रजीसँगको सहकार्यका धेरै घटनाहरू मलाई आम नागरिकलाई भन्नु छ। तर, आज होइन, कुनै दिन यो यात्राको बारेमा किताब लेखेँ भने सबै कुरा लेख्नेछु।
    शायद लेख्दिनँ पनि होला, के काम ती कुराको ? किन कलम र कापी वेस्ट गर्ने ?
    तर यो बिचमा, अहिलेका नेता भएन भनेर खुलेका विवेकशील र साझाका नेताहरुमा भने गज्जबको वैचारिक स्पष्टता आएको छ। यो सानो कुरा होइन। म किन राजनीति गर्दै छु भनेर थाहा पाउनु कुनै पनि आन्दोलनको लागि र संस्थाका लागि सानो विषय होइन। यो विगत डेढ वर्षको हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो। हामी सबैलाई बधाई 
    यो स्पष्टताले हामीलाई लामो दुरीमा धेरै सहयोग गर्ने छ।
    केही युवाले वैकल्पिक राजनीतिको यात्रा सुरु गरे, केही व्यक्ति आए, सकेको योगदान गरे, अनि हिँडे। एकजना यात्री जाँदैमा यात्रा कहाँ रोकिन्छ र ? यात्रा अघि बढ्छ। 
    ----
    प्रिय वैकल्पिक राजनीति गर्ने साथीहरू, विवेकशील अभियानका नेतृत्व साथीहरू, विवेकशील साझा पार्टीका साथीहरू, तपाईँहरू कत्ति पनि विचलित नहुनुहोला।
    हामी सबै मिलेर यो अभियानलाई अब थप परिपक्व बनाएर अघि बढ्ने छौँ। हामी थप सशक्त भएर अघि बढ्ने छौँ। नागरिकको जीवनसँग जोडिएका मुद्दामा अभियान गर्नेछौँ। नीतिहरूमा व्यापक बहस गराउने छौँ। र, अब स्पष्ट रणनीति सहित सङ्गठन निर्माण गर्ने छौँ। फेरी भन्छु, यो अभियानलाई हामी सबै मिलेर उठाउने छौँ। अब तपाईँहरूले मलाई पनि ग्राउन्डमा देख्नुहुनेछ। वादको बहस धेरै गरियो, अब फेरी काम गर्ने हो।

    यो निर्वाचनमा सकेको गरौँ। अझै केही स्थानमा राम्रो गर्न सक्ने सम्भावना छ। त्यसमा काम गरौँ। यही बिचमा छरिएका विचार मिल्ने साथीहरूलाई एक ठाउँमा ल्याऔँ। 
    हामी साथीहरूलाई वैकल्पिक राजनीतिमा लात खाएका तर त्यो आगो भएका विभिन्न अभियानमा रहेका साथीहरूसँग सहकार्य भइरहेको र छिटै वैकल्पिक राजनीतिको केन्द्र बन्ने कुराको जानकारी पनि यही सन्देश मार्फत जानकारी गराउन चाहन्छौँ। 

    त्यसको एउटा मोटामोटी खाका पनि तयार भइसकेको छ।
    फेरि पनि, राप्रपाका नयाँ युवा नेता रवीन्द्रजीलाई मनैबाट शुभकामना। 
    नेपाली राजनीतिमा एउटा समस्या छ भन्नुहुन्थ्यो - मेनु हेर्ने हेर्ने अनि म:म चाउमिन रोज्ने।
    तर आज आफैँ, म:म चाउमिनको विकल्प दिन हिँडेको मानिसले म:म चाउमिन नै रोज्नुभयो, त्यो नि बासी।
    विवेकशील अभियानको जय होस्।
    नेपालको जय होस्।
    ( वैकल्पिक राजनीतिमा एउटा अँध्यारो अध्यायको अन्त्य यहीँ, यसरी नै भयो। द इन्ड अफ द स्टोरी )

    -पाण्डे रवीन्द्र मिश्रका पूर्व राजनीतिक सहयात्री हुन । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार