Sajha Post
रवि लामिछानेलाई डेंगु संक्रमण 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछानेलाई डेंगु संक्रमण भएको छ ।  

हिजोदेखि शरीर दुखेको, ज्वरो आएको र आज परीक्षण गर्दा डेंगु संक्रमण पुष्टि भएको लामिछानेले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन । उनका अनुसार  स्वास्थ्य सामान्य  छ । 

डाक्टरको सल्लाह अनुसार केही दिन आराम गर्नु पर्ने भएकाले भरतपुर,तनहु, लम्जुङ, गोर्खा लगायतका कार्यक्रममा सहभागी हुन नसकिनेपनि उनले जानकारी गराएका छन । डेंगुका कारण ३२ जनाको ज्यान गैसकेको छ भने २७ हजार भन्दा बढी संक्रमित छन । 

प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update