Sajha Post
सरकारले डेंगु नियन्त्रणमा काम गर्न सकेन: गगन थापा

काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले डेंगु  नियन्त्रणमा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका छन् । 

काठमाडौं–४ मा भएको पार्टी प्रवेश गराउने कार्यक्रममा थापाले सरकारले डेंगी नियन्त्रणमा जसरी काम गर्नुपर्ने थियो त्यसरी नगरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।


‘डेंगी नियन्त्रणमा सरकारले काम गर्न सकेन । यो सरकारले जसरी काम गर्नुपर्ने थियो, त्यसरी काम गर्न सकेन ।’ उनले भने‚ ‘मैले प्रधानमन्त्रीलाई भेटेर पटक-पटक भनेको छु, योबेलामा सरकारको जिम्मेवारी हो, जनताको जीउधनको रक्षा गर्ने ।’

सरकारको काम‍ चित्तबुझ्दो नभएको भन्दै उनले आपत्कालीन बैठक बसेर देशभरका सरकार बसेर अस्पताललाई डेंगु  कसरी हटाउने भनेर काम गर्नुपर्नेमा जाेड दिए ।  ‘डेंगी नियन्त्रण यो चाडबाडको बेला बढ्छ । सरकारले काम गर्नुपर्छ‚’ उनले भने ।

कोभिड-१९ नियन्त्रण गर्न नसकेको भन्दै ओली नेतृत्वको सरकारलाई दोष लगाएको तर आफ्नै सरकार हुँदा पनि डेंगु  नियन्त्रण गर्न नसकेको आरोप लगाएका हुन् ।

‘सरकारले डेंगी नियन्त्रणमा काम गर्न सकेन । हिजो कोभिड-१९ को बेलामा ओली सरकारले काम गरेन भन्यौं । अहिले हाम्रै पार्टीको सरकार छ तर यसले पनि काम गर्न सकेको छैन ।’ थापाले भने ।

प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update