बिहीबार , वैशाख ६ गते २०८१
Logo
बिहीबार , वैशाख ६ गते २०८१

चुनाव नलड्ने बाबुरामको घोषणा र यसको सन्देश

चुनाव नलड्ने बाबुरामको घोषणा र यसको सन्देश

डा. बाबुराम भट्टराईले आसन्न संसदीय निर्वाचनमा उम्मेदवार नहुने निर्णय सार्वजनिक गर्नु भएको छ। यस निर्णयका बारेमा विभिन्न प्रवृतिका प्रतिक्रियाहरू आईरहेका छन्। डा. बाबुरामको यस निर्णयले केही गहिरो सन्देश पनि दिन्छ र केहीको लागि उनीराजनीति वा कुनै स्वेच्छिक सामाजिक दायित्व प्रारब्धको रूपमा कसका लागि चीरस्थायी रहन्छ र ? चुनाव लडनु वा न लडनु एक विषय हो, तर देशका लागि डा.बाबुराम भट्टराईको अनुभव तथा भूमिकाको उपयोग हुनुपर्दछ। म स्वयं साक्षी छु, उहाँको प्रयत्न बेगर देशमा शान्ति टाढाको विषय हुन्थ्यो।

साझा पोष्ट
सोमबार, असोज १७ २०७९
  • images
    चुनाव नलड्ने बाबुरामको घोषणा र यसको सन्देश
    images

    डा. बाबुराम भट्टराईले आसन्न संसदीय निर्वाचनमा उम्मेदवार नहुने निर्णय सार्वजनिक गर्नु भएको छ। यस निर्णयका बारेमा विभिन्न प्रवृतिका प्रतिक्रियाहरू आईरहेका छन्। 
    म स्वयं त्यहाँ उपस्थित थिएँ, पुनर्स्थापित संसदीय व्यवस्थाको वि.स. २०४८ सालको पहिलो निर्वाचनमा नेपाली काँग्रेसले देश भरकै चुनाव अभियानका लागि कूल खर्च २ करोड रूपियाँको जोहो गर्ने निर्णय गरेको थियो। यसमध्ये जित्ने संभावना भएका ‘क’ वर्गको निर्वाचन क्षेत्रका उम्मेदवारलाई रू. ५० हजार दिने र यस मध्येका आर्थिक रूपले सक्षमलाई भने त्यो रू. ५० हजार पनि नदिने भनिएको थियो। समय बदलियो, अहिलेको निर्वाचनमा निर्वाचन आयोगले नै अधिकतम खर्च सीमा रू. ३३ लाख तोकेको छ। यसले ठूलै विषयको संकेत गर्दछ। 
    माओवादीले भन्दै आएका उसका जनयुद्धका ४/५ जना ठूला नेताहरूमा डा. बाबुराम पनि एक थिए। वरियतामा शायद दोस्रा वा तेस्रा। यी मुर्धन्य ४/५ जनामा आज एक मात्र प्रचण्ड कामयाब छन्। कारण अनेक होलान्-तर थोरैमा भन्नु पर्दा बाँकी अन्य प्रचण्ड हुन सकेनन्। 
    शेरबहादूर देउवा र खुम बहादुर खडकाका बीच तेसबेला राम्रो सम्बन्ध थिएन। तर, काँग्रेसको १३औं महाधिवेशनमा शेरबहादुर देउवाले खुम बहादुरको सहयोग बेगर सभापतिमा निर्वाचित हुने अवस्था थिएन। मित्रताको हात देउवाले बढाए। आफु सभापति भएपछि खुम बहादुरलाई पार्टीको उपसभापति मनोनित गर्ने भनी दुबैका बीच समझदारी भयो। यसका अपवाद बाहेकका सबै साक्षीहरू जीवित नै छन्। देउवा पार्टीको सभापति भए, तर खुमबहादुर अतृप्त अपेक्षित नै रहेर मर्नुपर्यो। यति मात्र हैन, खुम बहादुरलाई पन्छाउन “दल सम्बन्धी कानून” र “निर्वाचन कानून” मा संशोधन गरियो। याे संशोधन अनुसार यदि कुनै व्यक्ति भ्रष्टाचार सम्बन्धी मुद्दामा अन्तिम अदालतबाट दोषी ठह्र्याइएको छ भने उ कुनै पनि राजनीतिक दलको सदस्य वा कुनै पनि पदाधिकारी हुन पाउँदैन। आजीवन कुनै पनि निर्वाचनमा उम्मेदवार हुन पाउँदैन। 
    धेरैले बिर्सि सकेका होलान्। शेरबहादुर देउवा प्रधानमंत्री र बिमलेन्द्र निधी गृहमंत्री भएको बेला  कानूनमा यस व्यहोराको संशोधन गर्न संसदमा विधेयक पठाईएको थियो। यस अघिको कानूनमा यस्तो प्रवधान थिएन। मात्र एक चुनावमा भाग लिन नपाउने व्यवस्था थियो। बिमलेन्द्र निधीलाई काँग्रेसको उपसभापति हुनुथियो। यसर्थ खुमबहादुर खडकालाई सदाका लागि पंछाउनु अपरिहार्य भएको थियो। खडकालाई उपसभापति बनाएर एक कडा र बलियो जनाधार भएको व्यक्तिलाई सानेपा भित्र्याउनु देउवाको लागि घातक थियो। उक्त विधेयक कानून बन्यो। निराश भै रोगले थलिएका खुमबहादुर मरे। शोक सन्तप्त काँग्रेस जनले हाँसीहाँसी खुम बहादुरको मृत देहमा माला चढाए र उनको सपना पुरा गर्ने नारा लगाए। म स्वयं पनि अदालतबाटबाट दोषी बनाएको भ्रष्टाचारी हुँ-म जीवित त छु। तर, राजनीतिमा मृत नै बनाइएको छु। 
    हेर्नोस्, समयको फेर उनै बिमलेन्द्र निधी पनि अन्ततः देउवाको सानिध्यतामा रहन सकेनन्। सत्ता हो, आज अनेकन् बिमलेन्द्रहरू देउवासँग छन्। कसको अवशानले राजनीतिमा कोख खाली रहन्छ र ? 
    डा. बाबुराम भावुक मानिस हुन्। दिमागबाट भन्दापनि दिलले निर्णय लिन्छन्। मेरो यस कुरामा धेरैको असहमति होलान्। तर, मैले यसैगरी पहिचाने उनलाई। यसर्थ, उनी राजनीतिमा खुम बहादुर तथा म जस्तै भावसघनताले डोर्याईका मानिस हुन्। 
    जे होस्, डा. बाबुरामको यस निर्णयले केही गहिरो सन्देश पनि दिन्छ र केहीको लागि उनी उपहासका पात्र पनि देखिन सक्छन्। 
    राजनीति वा कुनै स्वेच्छिक सामाजिक दायित्व प्रारब्धको रूपमा कसका लागि चीरस्थायी रहन्छ र ? चुनाव लडनु वा न लडनु एक विषय हो, तर देशका लागि डा.बाबुराम भट्टराईको अनुभव तथा भूमिकाको उपयोग हुनुपर्दछ। म स्वयं साक्षी छु, उहाँको प्रयत्न बेगर देशमा शान्ति टाढाको विषय हुन्थ्यो। “नर हो न निराश करो मन को!“ शुभ कामना छ डा. साहेब 


    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार