Sajha Post
भारतीय कम्पनीको रुघाखोकीको औषधिले गाम्बियामा ६६ बालबालिकाकाे मृत्यु, प्रयोग नगर्न  डब्ल्यूएचओको अपिल

काठमाडौं । विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले उत्पादन गरेको बच्चालाई खुवाउने रुघाखोकीको औषधि प्रयोग नगर्न सुझाव दिएको छ ।

गाम्बियामा रुखाखोकीको औषधि खाँदा ६६ जना बालबालिकाको त्यही औषधिकै कारण ज्यान गएको   हुनसक्ने भन्दै डब्ल्यूएचओले औषधि प्रयोग नगर्न सुझाव दिएको हो । 

 ‘डब्ल्यूएचओले आज गाम्बियामा पाइएका चार औषधिलाई लिएर चेतावनी जारी गरेको छ, जसबाट मिर्गौलामा गम्भीर असर र ६६ बच्चाको मृत्युसँग सम्बन्धित छ । यो मृत्यु अत्यन्त दुःखदायी छ ।’ बुधबारको मिडिया ब्रिफिङमा भनिएको छ,

डब्ल्यूएचओले सबै देशलाई मेडन फर्मास्युटिकल्स कम्पनीका रुघाखोकीका औषधि प्रयोग नगर्न र जाँच गर्न पनि सुझाव दिएको छ । 

डब्ल्यूएचओले अगाडि भनेको छ, ‘यी चार औषधि कफ र कोल्ड सिरप हुन्, जुन भारतमा मेडन फर्मास्युटिकल्स लिमिटेडले बनाउँछ । डब्ल्यूएचओले यसको जाँच गरिरहेको छ । यो दूषित उत्पादन हालसम्म गाम्बियामा मात्र पाइएको छ । तर अन्य देशमा पनि वितरण भएको हुनसक्छ ।’

डब्ल्यूएचओका अनुसार ती औषधिमा डाइथिलिन ग्लाइकोल र एथिलिन ग्लोइकोलको मात्रा मिलेको छैन ।

who1665031846.PNG

 


 

प्रकाशित मिति: बिहीबार, असोज २०, २०७९  १०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update